बझाङमा मतगणना सुरु
बझाङ- बझाङमा मतगणना सुरु भएको छ । बझाङको छबिसपाथिभरा गाउँपालिकाबाट मतगणना सुरु भएको हो ।
निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १ (क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो ।
बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा हुँदै छ । ६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ । यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया