समाज

सुनकोशीमा तीन शव फेला

इकागज |
असार २, २०७८ बुधवार २०:३९ बजे

सिन्धुली : सुनकोशी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन् । आज साँझ पानीमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –५ मूलकोट, सुनकोसी –६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका –६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन् ।

कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । सुनकोशीमा भेटिएका शव परीक्षणका लागि सिन्धुलीमाढीतर्फ ल्याइँदै छ । रासस



Author

थप समाचार
x