समाज

सिन्धुपाल्चोकका बाढी पीडित परिवारलाई आयल निगमद्वारा राहत प्रदान

इकागज |
असार ५, २०७८ शनिबार ९:० बजे

काठमाडौँ : नेपाल आयल निगमले सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडित परिवारलाई राहत सहयोग प्रदान गरेको छ ।

निगमले बाढीबाट प्रभावित मेलम्ची र हेलम्बुका ३० परिवारलाई राहतस्वरुप एक-एक थान ग्यास सिलिण्डर र चुलो प्रदान गरेको हो । सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा राहत सहयोग गरेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए ।


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराईसहित निगमका पदाधिकारीले बाढीबाट प्रभावित परिवारलाई सो राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
 


Author

थप समाचार
x