समाज

मेलम्चीवासीलाई बासको समस्या

इकागज |
असार ६, २०७८ आइतबार १७:३० बजे

मेलम्ची : गत असार १ गते साँझ सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवाती नदीमा आएको बाढीबाट सयौँ नागरिकहरू घरवारविहीन भएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका क्षेत्र तहसनहस भएपछि बेघर भएका नागरिकलाई बासको समस्या छ ।

बाढी घटेपछि पनि नागरिकको घर नै बालुवाले पुरिएको छ । केहीँ स्थानीयले पुरिएका घरबाटै बचेका सामान निकालेका छन् । बाढीका कारण बजार नै बालुवाले पुरिएपछि स्थानीयको जनजिवन सहज हुन निकै समय लाग्ने देखिएको छ ।


बाढीपछि बेपत्तामध्ये अहिलेसम्म ४ जना मात्र सम्पर्कमा आएका छन् भने ३ जना मृत भेटिएका छन् । अझै दर्जनबढीको अवस्था अज्ञात छ । अहिले पनि सो क्षेत्रमा सुरक्षाकर्मीले उद्धार र खोजीकार्य जारी नै राखेका छन् । पुरिएका क्षेत्र र घरबाट बालुवा र लेदो हटाउने प्रयास पनि भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।


Author

थप समाचार
x