समाज

सेतीबाट शव निकाल्न सकिएन

इकागज |
असार ६, २०७८ आइतबार २०:४४ बजे

डोटी : डोटीको शिखर नगरपालिका-६ अणिउलस्थित सेती नदीमाआज दिउँसो भेटिएको शव अझै निकाल्न सकिएको छैन । सेती नदीमा पानीको बहाब बढी भएका कारण शव निकाल्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । नदीको बीच भागमा शव भएकाले महिला वा पुरुष कसको हो भन्ने छुट्टयाउन पनि नसकिएको प्रहरीले जनाएको छ । रासस 



Author

थप समाचार
x