समाज

चौपायामा टल्कने स्टीकर

इकागज |
साउन ५, २०७८ मंगलबार १६:२७ बजे

काठमाडौँ - सडकमा छाडा छोडिएका चौपायाका कारण रातको समयमा दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले चौपायामा टल्कने स्टीकर लगाउने अभियान सुरु गरेको छ । ट्राफिक प्रहरीले काठमाडौंको बल्खुमा छाडा छोडिएका चौपायामा रातको समयमा टल्कने स्टीकर लगाएको हो ।

अन्य स्थानको तुलनामा बल्खुमा छाडा छोडिएका चौपायाको संख्या धेरै छन् । रातको समयमा चौपायाहरु सडकमा आउने र चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेको महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुका प्रहरी नायव निरिक्षक मिलन कुमार सिंहले जानकारी दिए । उनले उक्त अभियान उपत्यकाभरि नै चलाइने बताए ।


त्यस्तै ट्राफिक प्रहरीले मास्क सचेतना अभियानलाइ पनि निरन्तरता दिएको छ । उपत्यकाका सार्वजनिक सवारीहरूमा स्वास्थ्य मापदण्ड पालना भए नभएको समेत अनुगमन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x