समाज

कानूनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया

इकागज |
साउन ६, २०७८ बुधबार १०:१४ बजे

फाइल फोटो

काठमाडौँ : संविधानविद् तथा कानूनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वरिष्ठ चिकित्सक भगवान् कोइराला र उहाँको समूहले दाहालको मुटुको शल्यक्रिया गरेको हो ।

कानूनविद् दाहालका दाजु डा. रामप्रसाद दाहालका अनुसार उनी अहिले खतरामुक्त अवस्थामा छन् । उनलाई आकस्मिकरूपमा मुटुमा समस्या देखिएपछि आइतबार मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर महाराजगञ्जमा उक्त शल्यक्रिया भएको हो । 


दाहालका दाजु रामप्रसादले भने, “ओपन हार्ट सर्जरी गरिएको हो, अहिले सघन उपचारकक्षमा उपचार भइरहेको छ, अहिले अवस्था खतरामुक्त छ ।” रासस


Author

थप समाचार
x