समाज

बाँकेको डुडुवा खाेलामा डुबेर तीन जना युवाको मृत्यु

इकागज |
साउन ७, २०७८ बिहीबार १०:५६ बजे

फाइल फोटो

बुटवल : पौडी खेल्ने क्रममा बाँकेको डुडुवा खोलामा डुबेका तीन जना युवा मृत भेटिएका छन् । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेका नेपालगन्जका तिन जना युवाको शव भेटिएको बाँके जिल्लाका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।  

कोहलपुर १० रहेको उक्त स्थानमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका नेपालगञ्ज उप–महानगरपालिका ११ का १८ वर्षिय राशिद जसगढ, सोही ठाउँका १८ वर्षिए अरमान जसगढ र १६ वर्षिय आरिफ जसगढको मृत्यु भएको हो । 


पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनीहरुको सुरक्षाकर्मीको सहयोगमा खोजी गरिएको थियो । तर उनीहरु सबै मृत अवस्थामा भेटिएका हुन् ।  मृतक तिनै जनाको शव पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज राखिएको छ ।
 


Author

थप समाचार
x