समाज

कोभिडले रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु

इकागज |
साउन १०, २०७८ आइतबार १०:२३ बजे

फाइल फोटो

काठमाडौँ : कोभिड महामारीले रोकिएका परीक्षा त्रिभुवन विश्वविद्यालयले आजदेखि सुरु गरेको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आइतबारदेखि सुरु गरेको हो ।

आइतबार बीए, बीएड र बीएससीतर्फका चार वर्षे÷तीन वर्षे परीक्षा शुरु गरिएको भने भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुने परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । 


त्रिविले भौतिक रुपमा नै परीक्षा सञ्चालन गर्न यसअघि अनलाइन माध्यमबाट सर्वे गरेको थियो । कोभिडका कारण दुई वर्षदेखि रोकिएको परीक्षा त्रिविले यसपटकदेखि सुरु गरेको हो । त्रिविले परीक्षा सुरु गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेको छ । यसअघि अनलाइन माध्यमबाट परीक्षा सुरु गरिएको थियो । 
 


Author

थप समाचार
x