समाज

अफगानिस्तान गएका २५१ नेपाली काठमाडौँ आइपुगे

हाम्रा नागरिकलाई कुनै पनि हालतमा उद्धार गर्न सरकार प्रतिबद्ध छ : गृहमन्‍त्री

इकागज |
भदौ १, २०७८ मंगलबार ११:३२ बजे

काठमाडौँ – अफगानिस्तानबाट २५१ जना नेपाली काठमाडौँ आइपुगेका छन् । गृहमन्त्रालयकाअनुसार मंगलबार बिहान सवा १० बजे १२७ जना र सवा ११ बजे १२४ जनागरी २५१ जना काठमाडौँ आइपुगेका हुन् । अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत हुँदै मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

सोमबार यूएस फोर्सको जहाजमार्फत कुवेत गएका १२४ जना मंगलबार बिहान जागिरा यएरको जे ९५४१ जहाजबाट काठमाडौँ आइपुगको गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए । यसअघि १२७ जना काठमाडौँ आइपुगिसकेका थिए । उनकाअनुसार अफगानिस्तानमा अफ्ठ्यारोमा परेका नेपालीलाई नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ ।


गृहमन्त्री बालकृष्ण खाणले अफगानिस्तानमा अफ्ठ्यारोमा परेको नागरिकलाई उद्धार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘अफगानिस्तानबाट नेपालीलाई ल्याउन सुरु भइसकेको छ, ’ गृहमन्त्री खाणलाई उदृत गर्दै निजी सचिव केसीले भने, ‘दुई पटकमा गरेर २५१ जना आइसकेका छन् । हाम्रा नागरिकलाई कुनै पनि हालतमा उद्धार गर्न सरकार प्रतिबद्ध छ । उनीहरूले दु:ख नपाउनेगरी उद्धार गर्न सरकार प्रतिबद्ध छ ।'
 


Author

थप समाचार
x