समाज

जब बीच सडकमा युवाहरुमाथि प्रहरीले लाठी बर्सायो

अनुज बज्राचार्य |
भदौ २३, २०७८ बुधबार २१:१६ बजे

काठमाडौँ - नयाँ बानेश्वरमा दुई युवा समूहबीच झडप भएपछि प्रहरीले लाठी बर्साएको छ । घटना बुधबार दिउँसोको हो । एमाले निकट युवा संघ, उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानका युवाहरुबीच झडप भएपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।


लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानका युवाहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोधमा नाराबाजी गरेपछि युवा संघले सडकमै उनीहरुमाथि आक्रमण गरेको थियो । युवाहरुबीचमा झडप भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियो । झडपका क्रममा केही युवा घाइते भएका थिए । 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x