समाज

६२ लाख हिनामिना गर्ने श्रेष्ठ पक्राउ

इकागज |
भदौ २४, २०७८ बिहीबार ११:५७ बजे

फाइल फोटो

सिन्धुपाल्चोक : सहकारीमार्फत ६२ लाखभन्दा बढी हिनामिना गरेर फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रकाश श्रेष्ठ छन् । 

उनी चौतारा साँगाचोकमा रहेको दीपसिन्धु बचत तथा ऋण सहकारी संस्थामा ६७ जनाबाट सङ्कलित सो रकम अपचलन गरी विसं २०७५ वैशाख १गते फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  दक्षकुमार बस्नेतले  फरार अभियुक्त श्रेष्ठलाई बुधबार काभ्रेबाट पक्राउ गरिएको जानकारी दिए । 
 



Author

थप समाचार
x