समाज

बेलायती रक्षामन्त्री बेन वालेर गोर्खाली सेनाको समस्या समाधान गर्न पुगे नेपाली दूतावास

इकागज |
भदौ २४, २०७८ बिहीबार १८:३५ बजे

सबै तस्बिरः बेलायतस्थित नेपाली दूतावास

काठमाडौँ गोर्खाली सेनाको समस्या समाधान गर्न बेलायती रक्षामन्त्री बेन वालेर नेपाली दूतावासमा गई वार्ता गरेका छन् । नेपाल सरकार र बेलायती सरकबारबीच आगाडी डिसेम्बरमा बेलायतमा वार्ता हुने भएको छ । नेपाली दूतावासमा बुधबार बेलायती रक्षा मन्त्री बेन वालेर,राज्यमन्त्री लियो डोचेर्टी र राजदूत लोकदर्शन रेग्मीबीच भेटवार्तामा उक्त सहमति भएको दूतावासले जनाएको छ ।

बैठकमा भूपू गोर्खालीहरूसँग विगतमा गरिएको सहमति सम्बोधन गर्ने छलफल चलेको दूतावासकी उपयोनियोग प्रमुख रोशन खनालले जानकारी दिइन् । बैठकमा गोर्खाली सेनाका प्रतिनिधिहरू समेत सहभागी थिए । वार्ताका लागि वार्ता समिति गठन र समितिको आवश्यक शर्तहरूको विषयमा छलफल भएको थियो ।


गोर्खाली सेनाका तर्फबाट सत्याग्रहका संयोजक कृष्णबहादुर राई, असमान पेन्सनविरुद्धको दबाब समूहका सभापति उदयबहादुर गुरुङ, उब्जेनका अध्यक्ष राम राई सहभागी थिए ।

त्यसैगरी उक्त भेटघाट कार्यक्रममा आमरण अनसनमा बसेका गोर्खाली सेनाका तर्फबाट तीनजना प्रतिनिधिहरू ज्ञानराज राई, पुष्पा घले राई, धनबहादुर गुरुङ र सत्याग्रहका प्रवक्ता जुद्धबहादर गुरुङ सहभागी रहेको खनालले जानकारी दिइन् ।

साउन २२ (अगष्‍ट ७) गते सत्याग्रहमा बसेकालाई रक्षामन्त्री डोचेर्टी र राजदूत रेग्मीले एकसाथ जुस खुवाएर अनसन तोडाएका थिए । अनसनमा डोचेर्टी र रेग्मीले सन् २०२१ को डिसेम्बरसम्ममा वार्ता समिति गठन गर्ने सहमति भएको थियो । उनीहरूले रक्षा मन्त्रालय वार्ता गर्न सहमति भएको पत्र प्राप्‍त गरेपछि अनशन तोडेका थिए ।

सन् १९९७ अघिका गोर्खाली सेनाले बेलायती समकक्षी सरह पेन्सन जस्ता सेवा सुविधा नपाएकाले उनीहरू आन्दोलित छन् । खनालले त्यस्तो सुविधाबाट वञ्‍चि रहेको करिब २३ हजारको संख्यामा रहेको जानकारी दिइन् ।


Author

थप समाचार
x