समाज

सर्लाहीमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

इकागज |
असोज २१, २०७८ बिहीबार १९:३३ बजे

सर्लाही - सर्लाहीको हरिपुर्वामा ट्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।  हरिपुर्वा नगरपालिका- ९ स्थित सडकमा ज१त ९२७९ नम्बरको ट्याक्टरको ठक्करबाट हरिपूर्वा नगरपालिका- ५ बस्ने अन्दाजी ४७ वर्षका पुकार महतोको घटनास्थलमै ज्यान गएको हो । 

ईश्वरपुरको जंगलबाट सुकेको दाउरा साइकलमा राखेर हरिपूर्वातर्फ आउँदै गरेको ट्याक्टरले महतोलाई पछाडिबाट ठक्कर दिएको हरिपूर्वा प्रहरीले जनाएको छ । घटनालगत्तै भाग्न खोजेका ट्याक्टर चालकलाई स्थानीयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् । 


तत्काल घटनास्थल पुगेको प्रहरीको टोलीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याइएको छ भने घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।


Author

थप समाचार
x