समाज

सबै सरकारी कार्यालयलाई तत्काल सूचना अधिकारी तोक्न निर्देशन

इकागज |
असोज २२, २०७८ शुक्रबार २०:१२ बजे

भक्तपुर – भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका सबै सरकारी कार्यालयलाई तत्काल सूचना अधिकारी तोक्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शुक्रबार प्रजिअ शर्माको नेतृत्वमा सरकारी कार्यालयका सूचना अधिकारी, प्रतिनिधि र सञ्चारकर्मीबीच भएको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् ।

आफू प्रजिअ भएर आएकै भोलिपल्ट भक्तपुर जिल्ला प्रशासन कार्यालयको जीर्ण बोर्ड परिवर्तन गर्नुको साथै उनले शुक्रबार कार्यालयमा नेपालको झण्डा फेर्नु भएको छ । उनले जिप्रका भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी सीता परियारको बोर्ड सबैले देख्ने ठाउँमा राखेर सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन र जिल्लाका अरु सरकारी कार्यालयलाई पनि तत्काल सूचना अधिकारी तोक्न निर्देशन दिएका हुन् । 


‘सबै कार्यालयले तत्कालै सूचना अधिकारी तोक्न, सूचना अधिकारीलाई सूचनाको हकसम्बन्धी अधिकार दिन र सूचना अधिकारी तोक्न बाँकी भएको कार्यालयमा तत्काल सूचना अधिकारी तोकेर सर्वसाधारणलाई सूचना उपलब्ध गराउने व्यवस्था गर्नुहोस्,’ प्रजिअ शर्माले भने । 

सूचना अधिकारी तोकेर सेवाग्राहीले सजिलै देख्ने ठाउँमा फोटो, इमेल, फोन नम्बरसहितको बोर्ड राख्नसमेत उहाँले निर्देशन दिँदै सूचना अधिकारीलाई व्यक्तिगत नम्बर नभइ कार्यालयले छुट्टै नम्बर उपलब्ध गराउनसमेत निर्देशन दिए ।

सूचना अधिकारीलाई कार्यालयको सबै सूचना उपलब्ध गराउने र सबै नागरिकमा सूचनाको पहुँच पु¥याउने गरी सेवाग्राहीले सूचना आवश्यक र ऐनले व्यवस्था गरेको दायराभित्र रहेर सूचना प्रवाह गर्न उनले निर्देशन दिए ।


Author

थप समाचार
x