समाज

इन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारविरुद्ध काठमाडौँमा प्रदर्शन

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार १६:५३ बजे

काठमाडौँ -   खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । बिहीबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कार्यालयबाटै कुशवाहालाई नियन्त्रणमा लिएर दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।

जसको विरोधमा शुक्रबार काठमाडौंमा नेपाल इन्जिनियर्स एसोसियसन बागमती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा सहभागीले पाखुरामा कालो पट्टी बाँधेका थिए भने दोषीमाथि कारबाहीको माग गरेका छन् ।  काठमाडौंको माइतीघरमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।  



Author

थप समाचार
x