समाज

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट एकको मृत्यु

इकागज |
कात्तिक ७, २०७८ आइतबार २१:२५ बजे

भक्तपुर – भक्तपुरमा मिनी ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ यति कार्पेटनजिक व्यासीबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–०१७ प ७९४२ नम्बरको मोटरसाइकललाई प्र. नम्बर ३–०१–००३ क. ५०६५ नम्बरको मिनी ट्रकले ठोक्कर दिँदा मोटरसाइकल पछाडि सवार २० वर्षीय सुरज तामाङको मृत्यु भएको हो ।

उक्त ट्रक चोंगा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्किँदै गर्दा मोटरसाइकलसँग ठोक्किन पुगेको हो । घाइते तामाङको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि अन्नपूर्ण न्युरोमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए । मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–५ छालिङका १९ वर्षीय महेश्वर खड्कालाई सामान्य चोटपटक लागेकाले उपचारपश्चात् डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । 


मिनी ट्रक चालक भक्तपुर नगरपालिका–१० कमलविनायक महालक्ष्मी बस्ने ३३ वर्षीय लक्ष्मीप्रसाद दुवाल र दुर्घटनामा परेको दुईवटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी परिसर, भक्तपुरमा राखेर अनुसन्धान सुरु गरिएको डीएसपी गिरीले बताए ।


Author

थप समाचार
x