समाज

हिमालबाट प्याराग्लाइडिङ गरिदिन प्रधानमन्त्रीसँग पूर्जाको आग्रह

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १५:३० बजे

काठमाडौँ- हिमाल पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) द्वारा लिखित पुस्तक प्रधानमन्त्री शेरबहादुर दउवालाई हस्तान्तरण गरेका छन् । भेटका क्रममा उनी अभिनिति '१४ पिक्स' ले विश्‍वरभर सकरात्मक प्रभाव पारेको विषयमा छलफल भएको उनले ट्वीटरमा बताएका छन् ।

उनले नेपालको पर्यटनलाई कसरी प्रर्वद्धन गर्न सकिन्छ त्यस विषयमा गम्भीर वार्ता भएको पुर्जाले बताए । हिमाल आरोहण गरिसकेपछि फर्कदा प्याराग्लाइडिङको व्यवस्था मिलाइदिन प्रधानमन्त्रीसँग आग्रह गरेको उनले बताएका छन् । नेपालको साना-साना हिमालबाट प्याराग्लाइडिङ गर्न सकिने उनले आशय प्रधानमन्त्री देउवालाई व्यक्त गरे ।


पूर्जा हाल अर्जेन्टिनाको हिमाल आरोहण गर्न गएका छन् । भर्खरै उनको फिल्म नेटफिल्क्स '१४ पिक्स' सार्वजनिक भएको छ । पूर्जा (निम्सदाइ)को नेपाली डकुमेन्ट्री ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’ विश्वका ३१ भाषासहित नेटफ्लिक्स (ओटीटी प्लेटफर्म) बाट सोमबार विश्वभर प्रदर्शनमा आइसकेको छ ।

बोतल-अक्सिजनको सहायतामा १४ वटा ८ हजार मिटर अग्ला हिमाल आरोहण सात महिनामा सम्भव गरेका छन् । धेरैपटक झन्डै मृत्युको नजिकबाट अनुभव बटुलेका खर्चको चाँजोपाँजो मिलाउन नसक्दा रोएका पुर्जाबारे बनाइएको वृत्तचित्र विश्वका १ सय ९१ मुलुकका कम्तीमा २१ करोड नेटफिल्क्सका पेड–मेम्बर (सशुल्क सदस्य) माझ प्रदर्शन भएको छ। 

 


Author

थप समाचार
x