समाज

बर्जु महोत्सवमा भारतीय कलाकार नआएपछि तोडफोड र आगजनी (भिडियोसहित)

इकागज |
माघ ४, २०७८ मंगलबार १७:५६ बजे

काठमाडौँ - सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा  आउने भनेर प्रचार गरिएका कलाकार नआएपछि महोत्सव हेर्न आउने दर्शकले तोडफोड तथा आगजनी गरेका छन् ।  भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनेर प्रचार गरे पनि उनी नआएपछि तोडफोड भएको हो ।

महोत्सवमा आज यादव आउने भनेर प्रचार गरिएको थियो । बर्जु गाउँपालिका ६ चिमडीस्थित रहेको बर्जु तालको परिसरमा पुस २३ गते बाट महोत्सव सुरु भएको थियो । आक्रोशित भीडले त्यहाँ रहेका सवारीमा पनि आगजनी गरेका छन् । त्यस्तै महोत्सवको मञ्ज पनि तोडफोड गरेका छन् ।     



Author

थप समाचार
x