समाज

बढ्यो कोभिड

काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणाली लागू (प्रशासनको आदेशसहित)

इकागज |
माघ ६, २०७८ बिहीबार २०:५९ बजे

काठमाडौँ – काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरी आदेश जारी गरेकाे छ ।

कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडाैँमा उपत्यकामा जोरबिजोर प्रणाली लागू गरिएकाे लालितपुरका प्रजिअ घनश्याम उपाध्यायले बताए । उनले भने,'अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ ।'


उनका अनुसार स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन । 

 


Author

थप समाचार
x