समाज

क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न गिराेह पक्राउ

इकागज |
माघ ७, २०७८ शुक्रबार १८:८ बजे

काठमाडौँ – नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न एक गिराेहलाई प्रहरीले पक्राउ गरेकाे छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले गिराेहमा संलग्न तीन जनालाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा पर्वतका २१ वर्षीय राजन भट्टराई, सुनसरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् । पक्राउ परेका मध्ये भट्टराईले हालसम्म ९७५ जना व्यक्तिसँग एक हजार ९२६ पटक कारोबार गरेको भेटिएको छ भने एक महिनामै १६ लाख बराबरको कारोबार भएकाे अनुसन्धानबाट खुलेकाे छ ।


पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको महाशाखाले जनाएकाे छ ।


Author

थप समाचार
x