समाज

उपत्यकामा बिना पास चलाएका १२ सय ६९ वटा सवारी साधन होल्ड

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार १९:२५ बजे

काठमाडौं – ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यका भित्र बिना पास चलाएका १ हजार २६९ वटा सवारी साधनलाई विभिन्न स्थानमा होल्ड गरेको छ । 

होल्ड गरिएका सवारी साधनमध्ये १ हजार १८७ वटा दुईपाङग्रे र ८२ वटा चारपाङग्रे रहेका छन् । 


होल्ड गरिएका सवारी साधनलाई बेलुकी ७ बजे पछि छाडिएकाे हाे ।

देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र  सञ्चालन भइरहेका छन् ।

स्थानीय तहको मतदान भइरहेकाले सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । 


Author

थप समाचार
x