समाज

भूमिकास्थानमा जनमोर्चाका थापाको अग्रता कायमै

इकागज |
बैशाख ३१, २०७९ शनिबार १८:४१ बजे

अर्घाखाँची – अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका झविलाल थालोले अग्रता कायमै राखेका छन् ।

जारी मतगणनामा भूमिकास्थान नगरपालिका-१ को १ हजार ८ सय ४४ मत गन्दा जनमोर्चाका नेता थापाले ९ सय ५५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार रेसम थापाले ६०३ मत प्राप्त गरेका छन् ।


त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले ९३९ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार बसन्ता पौडेलले २ सय ८३ मत प्राप्त गरेकी छन् । 

त्यस्तै वडा अध्यक्षमा नेपाली कांग्रेसका गोपालप्रसाद खनालले ८४७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका भोजराज खनालले ७ सय १६ मत प्राप्त गरेका छन् । 

कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको यो वडामा चार जना वडा सदस्य भने राष्ट्रिय जनमोर्चाले जितेको छ ।


Author

थप समाचार
x