खेलकुद

साबा च्याम्पियनसीपः नेपालको पहिलो जित

इकागज |
असोज १२, २०७९ बुधबार ८:१० बजे

काठमाडौँ- माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसीपमा नेपालले पहिलो जित दर्ता गरेको छ ।

मालेस्थित सोसल सेन्टर इन्डोर हलमा मंगलबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ५५-४७ ले पराजित गर्दै पहिलो जित हात पारेको हो ।


पहिलो खेलमा आयोजक माल्दिभ्सविरुद्ध ५१-४७ को पराजय भोगेको नेपालले दोस्रो खेलमा पुनरागमन गरेको हो ।

च्याम्पियनसीपमा नेपालसँगै माल्दिभ्स, श्रीलंका र भुटानको सहभागिता रहेको छ । नेपालले तेस्रो खेलमा आज भुटानविरुद्ध खेल्दैछ ।


Author

थप समाचार
x