खेलकुद

एनएसएलः काठमाडौँलाई हराउँदै धनगढी फाइनलमा

इकागज |
बैशाख २८, २०७८ मंगलबार २०:३० बजे

तस्बिर : धनगढी फुटबल क्लबको फेसबुक पेजबाट

काठमाडौँ: धनगढी फुटबल क्लब काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा मंगलबार काठमाडौँ रेजर्सलाई २–१ पराजित गर्दै धनगढी उपाधिको नजिक पुगेको हो । 

धनगढीको जितमा विशाल राईले निर्णयक गोल गरे । एनएसएलको पहिलो क्वालिफायरको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएको थियो । थपिएको अतरिक्त समयमा विशालले गोल गरे । 


त्यसअघि काठमाडौँले सुरुवाती अग्रता लिएको थियो । तेज तामाङले ७५ औँ मिनेटमा गोल गरेपछि काठमाडौँ खेलमा अघि बढेको थियो । तर त्यसको तीन मिनेटपछि नै धनगढीले गोल फर्कायो । खेललाई पुजन उपरकोटीले १–१ को अवस्थामा ल्यायपुर्‍याए । निर्धारित ९० मिनेटमा थप गोल नभएपछि खेल अतरिक्त समयतर्फ धकेलिएको थियो । 

पहिलो क्वालिफार्यरमा पराजित भए पनि काठमाडौँको फाइनल प्रवेश सम्भावना सकिएको छैन । ललितपुर सिटी एफसी र बुटवल लुम्बिनीबीचको खेलमा विजयी हुने टिमसँग काठमाडौँ भिड्नेछ । त्यस खेलमा विजय भए काठमाडौँले फाइनलमा स्थान बनाउनेछ । 


Author

थप समाचार
x