खेलकुद

साउथह्याम्पटनले फुलहमलाई हरायो

इकागज |
जेठ २, २०७८ आइतबार ६:३ बजे

काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले फुलहमलाई हराएको छ । शनिबार राती भएको खेलमा साउथह्याम्पटनले फुलहमलाई ३-१ गोल अन्तरले हराएको हो ।

साउथह्याम्पटनलाई जिताउन चे अडाम्स, नाथन टेला र थियो वाल्कटले गोल गरे । फुलहमका फाबियो कारभाहलोले एक गोल फर्काए । जितसँगै साउथह्याम्पटन ३६ खेलबाट ४३ अंकसहित लिगको १३ औँ स्थानमा छ । फुलहम भने रेलिगेसनमा छ । 



Author

थप समाचार
x