खेलकुद

नेपाली महिला टिमले इमर्जिङ टिम्स एसिया कप २०२३ खेल्ने

इकागज |
जेठ २५, २०८० बिहीबार १५:४५ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आगामी सोमबारदेखि हङकङमा हुने एसिसी वुमन्स टि२० इमर्जिङ टिम्स एसिया कप खेल्ने भएको छ । थाईल्यान्डले भिसाकाे कारण देखाइ नाम फिर्ता लिएपछि नेपालले याे मौका पाउने भएको हो । 

१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुन गइरहेको प्रतियोगितामा नेपालले भारत र पाकिस्तानसँग पनि खेल्ने छ । नेपालको समूहमा नेपाल, हङकङ, भारत र पाकिस्तानका 'ए' टोली छन् ।  


पहिलो खेल नेपालले १३ जुनमा पाकिस्तानसँग खेल्ने छ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ।  त्यस्तै नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

नेपालकाे समूह चरणका सबै खेल बिहान ९ बजेदेखि हुने छन् ।


Author

थप समाचार
x