खेलकुद

पीएम कप राष्ट्रिय क्रिकेट फाइनल : पुलिसलाई आर्मीले दियो १८२ रनको लक्ष्य

इकागज |
माघ २०, २०८० शनिबार १३:१ बजे

काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको एक बल बाँकी छदाँ सबै विकेट गुमाएर १ सय ८१ रन बनायो ।


आर्मीका लागि विवेक यादवले ६३ रन,  सोमपाल कामीले ३९ रन तथा इमरान शेखले २८ रन बनाए । कुशल मल्ल १७ रनमा आउट भए ।

पुलिसका लागि ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान ३-३, कुशल भुर्तेल, सागर ढकाल र करण केसीले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x