खेलकुद

अस्ट्रेलियाले जित्यो न्यूजिल्यान्डविरुद्धको टेस्ट सिरिज

इकागज |
फागुन २८, २०८० सोमबार १०:५९ बजे

काठमाडौँ- अस्ट्रेलियाले घरेलु टोली न्यूजिल्यान्डविरुद्धको दुई खेलको टेस्ट सिरिज आफ्नो पक्षमा पारेको छ ।

सोमबार क्रिसचर्चमा सम्पन्न दोस्रो टेस्ट खेल ३ विकेटले जित्दै अस्ट्रेलियाले सिरिज २-० ले जितेको हो । यसअघि पहिलो खेल अस्ट्रेलियाले १ सय ७२ रनले जितेको थियो ।


दोस्रो खेलमा जितका लागि चाहिएको २ सय ७९ रनको लक्ष्य अस्ट्रेलियाले ७ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियालाई जित दिलाउन दोस्रो इनिङ्समा अलेक्स क्यारीले अविजित ९८ रन तथा मिचेल मार्सले ८० रन बनाए । न्यूजिल्यान्डका बेन सियर्सले सर्वाधिक ४ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले पहिलो इनिङ्समा १ सय ६२ रनमात्र जोडेको थियो । न्यूजिल्यान्डको इनिङ्स धराशायी बनाउन अस्ट्रेलियाका जोश ह्याजउडले ५ विकेट हात पारे ।

जवाफमा अस्ट्रेलियाले पहिलो इनिङ्समा २ सय ५६ रन जोड्दा मार्सन लाबुसेनले ९० रन जोडे । न्यूजिल्यान्डका म्याट हेनरीले सर्वाधिक ७ विकेट हात पारेका थिए ।

न्यूजिल्यान्डले भने दोस्रो इनिङ्समा ३ सय ७२ रन बनायो । न्यूजिल्यान्डका लागि रचिन रविन्द्रले सर्वाधिक ८२ तथा टम लाथमले ७३ रन जोडे । अस्ट्रेलियाका लागि प्याट कमिन्सले ४ तथा नाथन लायनले ३ विकेट हात पारे ।


Author

थप समाचार
x