खेलकुद

आयरल्यान्ड उल्भ्सविरुद्ध क्रिकेट सिरिज खेल्ने नेपाल 'ए' टिमको घोषणा

इकागज |
चैत ११, २०८० आइतबार १२:२७ बजे

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सविरुद्ध टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने नेपाल 'ए' क्रिकेट टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विनोद भण्डारीको कप्तानीमा दुई सिरिजका लागि दुईवटा टिमको घोषणा गरेको हो ।


नेपाल 'ए' र आयरल्यान्ड उल्भ्सबीच समान ३ खेलको टी-ट्वान्टी सिरिज तथा ३ खेलको एकदिवसीय सिरिज हुने तालिका रहको छ ।

टी-ट्वान्टी सिरिज मार्च २८, २९ तथा ३१ तारिखमा आयोजना हुने तालिका रहेको छ ।

त्यसैगरी, एकदिवसीय सिरिज भने अप्रिल ३, ५ र ७ तारिखमा खेलिने तालिका क्यानले सार्वजनिक गरेको छ ।


Author

थप समाचार
x