खेलकुद

इंग्ल्यान्डका वाकर र मागुएरले बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने

इकागज |
चैत १२, २०८० सोमबार १०:४६ बजे

काठमाडौँ- इंग्ल्यान्ड राष्ट्रिय फुटबल टिमका डिफेन्डरद्वय कायल वाकर र ह्यारी मागुएरले आज राति हुने बेल्जियमविरुद्धको मैत्रीपूर्ण फुटबल खेल गुमाउने भएका छन् ।

वाकर र मागुएरसँग गोलरक्षक साम जोनस्टोनले पनि बेल्जियमविरुद्धको खेल गुमाउने बीबीसीले जनाएको छ ।


इंग्लिस क्लब बर्नलीका गोलरक्षक जेम्स ट्राफोर्ड र म्यानचेस्टर सिटीका डिफेन्डर रिको लेविसलाई भने टिममा स्थान दिइएको छ ।

ट्राफोर्डले इंग्ल्यान्डलाई गत वर्ष यू-२१ यूरो कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यता १९ वर्षीय लेविसले भने गत नोभेम्बरमा नर्थ म्यासेडोनियाविरुद्ध डेब्यु गरेका थिए ।

शनिबार ब्राजिलसँग इंग्ल्यान्डले १-० गोलको पराजय भोग्दा वाकर भने घाइते भएका थिए ।


Author

थप समाचार
x