खेलकुद

भारतीय कप्तान सुनिल क्षेत्रीले १५० औँ अन्तर्राष्ट्रिय खेल खेल्दै

इकागज |
चैत १३, २०८० मंगलबार १७:२५ बजे

काठमाडौँ- भारतीय राष्ट्रिय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले १ सय ५० औँ अन्तर्राष्ट्रिय खेल खेल्ने भएका छन् ।

फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत भारतले आज राति अफगानिस्तानको सामना गर्दा कप्तान सुनिलले १ सय ५० औँ अन्तर्राष्ट्रिय फुटबल खेल्ने भएका हुन् ।


३९ वर्षीय सुनिलले सन् २००५ मा भारतको सिनियर टोलीमा डेब्यु गरेका थिए । उनले हालसम्म १ सय ४९ औँ खेल खेलिसकेका छन् ।

उनी भारतका लागि १ सयभन्दा बढी खेल खेल्ने पहिलो खेलाडी पनि हुन् । सुनिलले भारतका लागि ९३ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

सुनिलपछि भाइचुङ भुटियाले भारतका लागि ८८ अन्तर्राष्ट्रिय खेल खेल्दै २९ गोल गरेका छन् ।


Author

थप समाचार
x