खेलकुद

आयरल्यान्ड उल्भ्सविरुद्ध नेपालले पहिला बलिङ गर्ने

इकागज |
चैत १७, २०८० शनिबार १२:३६ बजे

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सविरुद्धको दोस्रो टी-ट्वान्टी खेलमा नेपाल 'ए' ले पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपाल 'ए' ले पहिला बलिङ गर्ने निर्णय गरेको हो ।


नेपाल 'ए' ले आयरल्यान्ड उल्भ्सलाई भने पहिला ब्याटिङका लागि निम्तो दिएको छ ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा आयरल्यान्ड उल्भ्स २१ रनले विजयी भएको थियो ।


Author

थप समाचार
x