खेलकुद

प्रिमियर लिगः टोटेनहमले वेस्टहमसँग अंक बाँड्यो

इकागज |
चैत २१, २०८० बुधबार १०:३९ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत टोटेनहमले वेस्टहमसँग अंक बाँडेको छ ।

मंगलबार राति सम्पन्न खेलमा वेस्टहमसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।


ब्रेनान जोनसनले खेलको पाँचौँ मिनेटमा गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएपनि वेस्टहमका कुर्ट जोउमाले १९ औँ मिनेटमा बराबरी गोल गरे ।

बराबरीसँगै ३० खेलबाट ५७ अंक जोडेको टोटेनहम पाँचौँ स्थानमा यथावत छ । ३१ खेलबाट ४५ अंकसहित वेस्टहम भने सातौं स्थानमा छ ।


Author

थप समाचार
x