खेलकुद

नेपाल र साउदी अरेबियाको खेलमा टस हुन सकेन

इकागज |
बैशाख ५, २०८१ बुधबार ११:४६ बजे

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन ।

अल अमेरातको मैदान वर्षाका कारण भिजेपछि नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन नसकेको हो ।


समूह 'ए' मा रहेका नेपाल र साउदी अरेबियाबीचको खेल ११:४५ बजेबाट सुरु हुने तालिका रहेपनि अहिलेसम्म टस हुन सकेको छैन ।

जारी प्रतियोगितामा नेपालले अघिल्ला तीनवटै खेलमा जित हात पारेर समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।


Author

थप समाचार
x