खेलकुद

क्यान र डिस मिडियाबीच सम्झौता

इकागज |
साउन ८, २०७८ शुक्रबार १७:५७ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्कबीच घरेलु क्रिकेट प्रतियोगिताको उत्पादन तथा प्रशारण सम्बन्धी सम्झौता भएको छ । क्यानले शुक्रबार विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । 

सम्झौताअनुसार डिस होमले क्यानले आयोजना गर्ने प्रधानमन्त्री कप, मेयर कपलगायतका सबै प्रतियोगिता प्रत्यक्ष प्रशारण गर्नेछ ।  यसअघि डिस मिडियाले आफ्नो च्यानल एक्सन स्पोटर्समा प्रधानमन्त्री कप र मेयर कप अन्तर्गतका चार प्रतियोगिता प्रत्यक्ष प्रशारण गरिसकेको छ ।  



Author

थप समाचार
x