खेलकुद

लिग च्याम्पियनलाई ७५ लाख

इकागज |
साउन १७, २०७८ आइतबार १६:५६ बजे

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिग कार्तिक २९ बाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन खेल्ने १४ क्लबबीचको बैठकले लिगको नयाँ मिति टुंगो लगाएको हो । यसअघि ए डिभिजन लिग असोज ३ बाट सुरु हुने भनिएको थियो । 

एन्फाले लिग च्याम्पियनले पाउने पुरस्कार राशीमा पनि वृद्धि गरेको छ । यसपटक लिग विजेता टिमले ७५ लाख रुपैयाँ पाउनेछ । गत वर्ष भने लिग च्याम्पियनलाई ५० लाख रुपैयाँ दिइएको थियो । यसैगरी लिग उप–विजेता र तेस्रो स्थानमा रहने क्लबले क्रमशः ५० लाख र २५ लाख रुपैयाँ पाउनेछन् । 


लिग सिंगल राउण्डमा खेलाइनेछ । अंक तालिकाको पुच्छारमा रहने दुई टिम बी डिभिजनमा घटुवा हुनेछन् । लिगमा सहभागी हुने क्लबहरूले खेलाडी दर्ता सुरु गरिसकेका छन् ।  
 


Author

थप समाचार
x