खेलकुद

साम्पडोरियासँग रोकियो च्याम्पियन इन्टर मिलान

इकागज |
भदौ २७, २०७८ आइतबार १८:४९ बजे

काठमाडौँ- इन्टर मिलान इटालियन लिग सिरी ‘ए’ मा आइतबार साम्पडोरियासँग बारबरीमा रोकिएको छ । साम्पडोरियाको घरेलु मैदानमा भएको खेलमा बराबरी गरेसँगै इन्टर दोस्रो स्थानमा यथावत छ । उसले तीन खेलबाट सात अंक बनाएको छ भने शीर्ष स्थानको नेपोलीको उति नै खेलबाट नौ अंक छ । 

पछिल्ला दुई लिग खेलमा जित दर्ता गरेको इन्टरले साम्पडोरियाविरुद्ध १८ औँ मिनेटमै अग्रता लियो । उसका लागि रक्षक फेडेरिको डिमार्कोले गोल गरे । तर पहिलो हाफकै ३३ औँ मिनेटमा जापानी रक्षक माया योसिडाले गोल फर्काएपछि साम्पडोरिया १–१ को स्थितीमा पुग्यो । यद्यपि पहिलो हाफको उत्तर्राद्धमा इन्टरले फेरि अअग्रता लिए । यसपटक गोल गर्ने खेलाडी थिए, लाउटारो मार्टिनेज । 


दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै साम्पडोरिया खेलमा फर्कियो । उसका लागि टोमासो आउगेलोले बराबरी गोल गरे । त्यसपछि खेलमा कुनै पक्षले गोल थप्न सकेन ।
सिरी ‘ए’ मा आइतबार राति अन्य केही खेल पनि हुँदैछन् । एसी मिलानले लाजियाको सामना गर्दैछ भने अर्को खेलमा जोसे मौउरिन्हो नेतृत्वको एस रोमाले सासुओलोसँग प्रतिस्पर्धा गर्दैछ । 


 


Author

थप समाचार
x