खेलकुद

म्यानचेस्टर सिटीले जित्दा हार्‍याे म्यानचेस्टर युनाइटेड

इकागज |
असोज ९, २०७८ शनिबार १९:१३ बजे

काठमाडौँ - गाब्रियल जेजुसले गरेको गोलको मद्दतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा चेल्सीमाथि १–० को जित दर्ता गरेको छ । स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा सिटीका लागि ब्राजिलियन स्ट्राइकर जेजुसले दोस्रो हाफको ५३ औँ मिनेटमा गोल गरे । 

शनिबारको जितसँगै सिटीका पेप ग्वार्डिओलाले थोमस टुकेल नेतृत्वको चेल्सीविरुद्ध हारको सिलसिलालाई पूर्ण विराम लगाएका छन् । गत सिजन चेल्सीका प्रशिक्षक बनेका टुकेललाई ग्वार्डिओलाले इंग्ल्यान्डमा हराउन सकेका थिएनन् । पछिल्लो च्याम्पियन्स लिग फाइनलमा पनि ग्वार्डिओलाको सिटीलाई टुकेलको चेल्सीले हराएको थियो । 


शनिबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लासँग अप्रत्याशित पराजय भोग्यो । ओल्ड ट्रार्फोडमै भएको खेलमा युनाइटेडलाई पराजित गर्न भिल्लाका कार्टेने हाउसेले ८८ औँ मिनेटमा गोल गरे ।  
 


Author

थप समाचार
x