विचार

लुतो फालियो ? वैज्ञानिक फाइदा पनि जानौँ

नारायण घिमिरे |
साउन ५, २०७९ बिहीबार १८:२८ बजे

लुतो (खुजली- scabies) चर्म रोग हो। मानिसमा हुने चर्म रोग प्राय पानी र पनि जन्य रोगको कारण हुने गर्दछ। लुतो फाल्न गाईको गोबरको (Cow-dong ) दुइटा डल्लो, काँक्राको फूल (Cucumis sativus - Cucumber Flower) , कर्कलाको पात (Colocasia esculenta - Taro Leaf), हरियो मकै (Fresh Corn), हरियो खुर्सानी (Green Chilli),  साउने आरु (Peach), खनायो (Ficus semicordata - Drooping Fig), गाईको घिउ (Cow Ghee), तीतेपाती (Artemisia dubia - Mugwort) को धूप, निगाला व बाँसको सिन्का (Bamboo Stick) बाल्ने, अगुल्टो (Wood with Fire) बाल्ने गरिन्छ। मूल ढोका माथि लुते झार (Lygodium japonicum), कुकुर डाइनो (Smilax zeylanica), पैयुँ (Prunus cerasoides), पाटे सिउँडी (Euphorbia royleana - Cactus Plant) आदिलाई बाँसको चोयाले (Bamboo Skin) बाँधेर झुन्डाइन्छ।​

हेर्दा रुढी वादी जस्तो लाग्ने यो चलन यथार्थमा वैज्ञानिक त छदै छ त्यो भन्दा लुतो फाल्ने चलन हाम्रा घरेलु वैधहरूलाई जरुरी हुने औषधिको बुटी घरमै जोहो गरिदिने चलनको रूपमा चलाइएको हो कि भन्ने प्रशस्त आधार देख्न र महसुस गर्न सकिन्छ।  


झोलिलो गाइको गोवर वा गाइको थोरै गौँत मिसिएको गोबर छालाको इम्युन डिसअडर सम्बन्धको  रोक मानिने र आज सम्म औषधि विज्ञानले निको हुने गरी ओखती बनाउन नसकेको छालाको रोग सोरेसिसको (psoriasis) परम्परा गत वैदिक ओखती हो। गाइको गोवर र गौतले छाला चिलाउने, रातो हुने एक्जिमाको उपचार हुने, लुतोको चिलाउने र दर्द दिने समस्या कम पार्ने गर्दछ। असार-साउने  पानी र हिलोले खाएको छालाको उपचार तथा अन्य छालाको रोगमा समेत गोवरको लेपन औषधि बनाएर लगाइने हाम्रो परम्परागत चलन हाल औषधि विज्ञानले समेत उपयोग गर्न थालेको छ।

अमेरिकामा गाईको गौँतको अर्क, पन्च कव्य आदिको क्यान्सर लगायतको औषधीय मूल्यको यकिन गरेर पेटेन्टहरु दर्ता भएका छन्। गाइको घ्युले छालामा हुने अत्यन्त सानो सानो चिरा आदिको ओखती गर्ने, तन्तु मिहिन पार्ने र छालाको भित्री ठिक भागको बोसो र सेवममा घुलेको विषाक्त पदार्थ निकाली शरीरलाई विषाक्त तत्त्व वाट राहत दिलाउने गर्दछ।

काँक्रोको फुल होस् वा फुल र गेडाको पेस्ट मुखको छाला नरम गर्ने कस्मेटिकमा प्रयोग हुन्छ। त्यस्ता पेष्ट छालामा प्रयोग गरेर पोलेको वा जलेको छालाको उपचार हुने, सुन्निएको निको हुने, घामले डढेको निको पार्ने, थिचिएर बिग्रिएको छालाको उपचार गर्ने तथा गुप्ताङ्गमा पसिना र स्वप्न दोषमा निस्कने यौन रस गनाएर दिने छालाको विकृतिको उपचार गरिदिन्छ।

कानको लोती सुन्निने रोगको उपचारमा कर्कलोको पातको पानी प्रयोग हुन्छ। कर्कलोको पानीले शरीरको छाला पोल्ने साइटोकाइनिनको उत्पादन कम गर्न सहयोग गर्ने हुँदा चिलाउने दर्द हुने प्रकृतिको छालाको रोगको प्राथमिक प्राकृतिक उपचार गर्न गरिन्छ।

भिटामिन, क्यारोटिन, पोलिफिनोल, पोटासियम, फ्लोराइड र आइरन आदि हुने आरु चम्किलो छालाको टनिक हो नै। गर्मीको वेला पेट ढुस्स हुँदा निको गर्ने अरूको पाचन प्रक्रिया दरो पार्ने, रगत सफा गर्ने, इम्युन शक्ति बढाउने र छाला लाई बलिष्ठ राख्ने ल्याकत राख्छ। आरुको गुदी र जुसको कस्मोटिक समेत बन्ने गर्दछ।

खनायो मूलतः कुष्ठरोग, पखाला, टाउको दुखाइ, ज्वरो, कान दुख्ने, अल्सर, ग्यास्ट्रिकको समस्या र छालाको फोका निको पर्ने अचम्मको शक्तिशाली फल हो। तीतेपातीको धूप मनोवैज्ञानिक ओखती हो। यो छारे रोगमा उपयोग हुन्छ। एन्टी व्यक्टेरियल र एन्टी भाइरल पातीको सारतत्व पहिले मलेरिया उन्मुलनमा व्यापक उपयोग मा आयो। छालाको रातोपन निको पारि चिरिएको, खतले बिग्रिएको अनुहार ठिक गर्ने पाती संसारमै निकै महँगो ठानिने कोरियन कस्मोटिकको मुख्य सक्रिय तत्त्व हो।

चीन, कोरिया, जापान जस्ता देशमा सुकेको तिते पतिको पात बालेर दुखाइ र उकुसमुकुस हुने समस्या कम गर्न एनेस्थेटिक प्रभाव दिने मोक्सिफिकेसन वा धूप सुँघाउन उपयोग गरिन्छ। निगाला र बाँसको सिन्का बाली आउने धुवा तुलनात्मक रूपमा हावामा कम धुवा दिने हुँदा धूप आदिको डन्डीमा प्रयोग हुन्छ। अगुल्टो समेत हावामा कम धुवा दिने आगो हो। जसको मुलत: खरानी हानिकारक रोगाणुको काल नै हो। गाइको गोबर पनि रोगाणुहरुको लागि एन्टीसेप्टिक हुने गर्दछ। 

ज्वरो घटाउने, दुखेको निको गर्ने, पोलेको शान्त गर्ने, पखाला ठिक पार्ने र पेटको जुका मार्ने सारतत्व हुने लुते झार भनिने लहरे उन्यूका कलिला पातहरू तरकारीका रूपमा खाइन्छ। त्यसको बोट निमोठेर बनेको रस छालाको घाउ र फोका निको पार्न  खुट्टामा दलिन्छ। बोटको लेदो जोर्नीको दुखाइमा उपचारमा आउँछ।

जराको रस यौन रोग, बाथ र रक्तहीन पखालाको ओखती हुने कुकुर डाइनुको पात कुष्ठरोग, छालाको रोग, जोर्नी दुख्ने, शरीर सुन्निने र रगत शुद्ध गर्ने ओखतीको रूपमा उपयोगमा आउँछ। पाटे सिउँडीको लेदो छाला सम्बन्धका समस्याहरू जस्तै जलेको, घाउ भएको, पेटको जुकाको जन्डिस आदिको ओखतीको रूपमा प्रयोग हुन्छ।

छाला सुख्खा हुनबाट जोगाउन, छालाको रङ्ग र चमक सुधार गर्न, छालाको दाग निको पार्ने, चिलाउने कम गर्न पैयुँको बोक्राको पाउडर, रस र तेल उपयोगी हुने हुँदा छालाको उपचारमा प्रयोग गरिन्छ। पाटे सिउँडीको लेदो छाला सम्बन्धका समस्याहरू जस्तै जलेको, घाउ भएको, पेटको जुकाको जन्डिस आदिको ओखतीको रूपमा प्रयोग हुन्छ।

लुतो फाल्ने समयमा हामीले प्रयोग गर्ने सम्पूर्ण सामग्री एकातर्फ हानिकारक रोगाणु नाशक छन्। तिनीहरू फोहर पानी र हिलो जन्य छालाका रोग र पेटको रोग निको गर्ने सार तत्त्वले पूर्ण भेटिन्छ। ल्याबमा गरिएका वैज्ञानिक अनुसन्धानहरूको निचोडले सङ्केत गरे अनुसार असार श्रावणको महिना सामूहिक रूपमा गीत गाउँदै खेती-पातीमा संलग्न हुने तन्देरी तरुनीहरूमा हुने यौन रस स्खलन रोक्ने, छालाको स्खलित रसजन्य रोग प्रतिरोधी सारतत्व समेत रहने गर्दछ ती सामग्रीहरूमा।

खेती पातीको लामो पर्म मैझारो गरे पश्चातको धूप र मोक्सीफिकेसन मनोवैज्ञानिक सबलता दिन, छारे रोग, बेहोस हुने, देउता चढ्ने, चिट चिट पसिना आउने समस्या निदानमा समेत सहयोगी वन्ने देखिन्छ। लुतो फाल्ने पर्वमा प्रयोग हुने सामग्रीहरू शरीरको रोग प्रतिरोधी क्षमता बढाउन र एलर्जी नाशक एन्टी एलर्जी गुणको समेत भेटिएको छ। विज्ञानको परीक्षणले सङ्केत गरेका नतिजाहरू निकै चाख लाग्दो छ। जसले लुतो फाल्ने चलन वास्तवमै वैज्ञानिक थियो भन्ने मान्न हामीलाई बाध्य पार्दछ।

 


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
x