विचार

नोभेम्बरको नालीबेली

सुरेन्द्र नेपाल श्रेष्ठ |
कात्तिक २२, २०७९ मगलवार १३:७ बजे

नोभेम्बर महिनाको नामकरण ल्याटिन शब्द नोभेमबाट गरिएको हो । जसको अर्थ हुन्छ नवौं । सुरुमा प्रयोग भएको क्यालेन्डर मार्चमा सुरु भएर डिसेम्बरमा पूरा हुन्थ्यो । त्यति बेला दश महिनाको मात्र एक वर्ष मानिन्थ्यो । रोमन सिनेटले ईसापूर्व १५३ मा नयाँ क्यालेन्डर परिवर्तन गर्दा १२ महिना भएपछि यो एघारौँ महिना बन्‍न पुग्यो तर नाम भने त्यही नै कायम रह्यो । नोभेम्बरको जन्म फूल क्रिसेन्थेमम हो । परम्पराअनुसार, नोभेम्बरको जन्म पत्थरहरू टोपाज र सिट्रिन हो । सिट्रिनको रङ पहेँलो सुन जस्तो हुन्छ । यसलाई मित्रताको प्रतीक मानिन्छ । यस महिनाको २२ गतेसम्म जन्मनेहरू वृश्चिक र त्यसपछि जन्मनेहरू धनु राशिका हुन्छन् ।

विश्वले सामना गर्न परेको वा पर्ने विभिन्‍न समस्याको रोकथाम तथा न्यूनीकरणका लागि संयुक्त राष्ट्र संघको निर्णयमा वर्षभरि विभिन्‍न विषयमा केन्द्रित हुने गरिन्छ । नोभेम्बर महिनाको २ तारिखमा पत्रकारविरुद्धको अपराधको लागि दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस, ५ मा विश्व सुनामी जागरूकता दिवस, ६ मा युद्धमा वातावरणको शोषण रोक्नका लागि अन्तर्राष्ट्रिय दिवस, १२ मा शान्ति र विकासका लागि विश्व विज्ञान दिवस, १४ मा विश्व मधुमेह दिवस, १६ मा सहिष्णुताका लागि अन्तर्राष्ट्रिय दिवस, १७ मा विश्व दर्शन दिवस, १९ मा विश्व शौचालय दिवस, २० मा सडक ट्राफिक पीडितहरूका लागि विश्व सम्झना दिवस, अफ्रिका औँद्योगिकीकरण दिवस र विश्व बाल दिवस, २१ मा विश्व टेलिभिजन दिवस, २५ मा महिलाविरुद्ध हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २९ मा प्यालेस्टिनी जनतासँग एकताको अन्तर्राष्ट्रिय दिवस र ३० मा रासायनिक युद्धका सबै पीडितहरूका लागि सम्झनाको दिन मनाउँदै आएको छ ।


वर्षको हरेक महिनामा विश्वका विभिन्‍न देशमा त्यहाँको परम्पराअनुसार बाबुआमाको सम्मानका लागि विशेष दिन छुट्याइएको हुन्छ । यस वर्ष इन्डोनेसियामा नोभेम्बर १२, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे र स्वीडेनमा नोभेम्बर १३ र इस्टोनियामा नोभेम्बर १४ का दिन हाम्रो बुबाको मुख हेर्ने दिन जस्तै मानिन्छ । त्यस्तै ३ नोभेम्बरमा टिमोर लेस्टे, १६ नोभेम्बरमा उत्तर कोरिया र रसियामा नोभेम्बरको अन्तिम आइतबार आमालाई विशेष सम्मान गरिन्छ । त्यस्तै संसारका केही देशहरूमा मनाउने हजुरआमा बा दिवस सिंगापुरमा यो महिनाको अन्तिम आइतबार मनाउने गरिन्छ । 

पश्चिमा जगत्मा सबैभन्दा बढी धुमधामले मनाउने पर्व क्रिसमसको तयारी गर्ने महिना भएकाले पनि यतिबेला मानिसहरूमा नयाँ उमङ्ग देखिने गर्दछ । यो महिना संसारका प्राय: सबै देशमा विभिन्‍न किसिमका उत्सवहरू मनाउन विभिन्‍न देशहरूबाट पर्यटकहरू आउने–जाने गर्दछन् । यस वर्ष विभिन्‍न देशमा हुने प्रमुख पर्वहरू यस प्रकारका छन् :

नोभेम्बर ३ देखि ६ सम्म आइसल्यान्ड एयरवेभ्स, ५ नोभेम्बरमा लुइस बोनफायर, इङल्यान्ड, ५ देखि ६ सम्म पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिकामा बेकनफेस्ट, ८ देखि ९ चाङ माई लालटेन महोत्सव, थाइल्यान्ड, नोभेम्बरको अन्त्यमा ब्ल्याकपूल क्रिसमस लाइट्स, इङल्यान्ड, १२ नोभेम्बर नियाग्रा फल्स फेस्टिवल अफ लाइट्स, क्यानडा, नोभेम्बर १ काइट फेस्टिवल, स्यान्टियागो साकाटेपेक्वेज, ग्वाटेमाला र पुष्कर ऊँट मेला, राजस्थान, भारत, १८ देखि २१ केन्डल माउन्टेन फेस्टिवल, इङल्यान्ड, नोभेम्बर २३ थ्याङ्क्सगिभिङ परेड, अमेरिकामा । त्यस्तै यो वर्ष विश्वमा मनाइने निम्न उत्कृष्ट सांस्कृतिक कार्यक्रमहरूमा संसारभरकै उल्लेख्य युवाहरू जम्मा हुने गर्दछन् । सी टु सी, इटाली, नोभेम्बर ३–५, होमोबलक, बेलायत नोभेम्बर ५, पोजिटिभ एडुकेसन फ्रान्स नोभेम्बर ८ देखि १३, ले गेस हु ? नेदरल्यान्ड्स नोभेम्बर १०–१३, एमआइआरए महोत्सव स्पेन नोभेम्बर११–१२, प्रिमावेरा स्यान्टियागो चिली नोभेम्बर १२–१३, पोलारिस महोत्सव स्विट्जरल्यान्ड नोभेम्बर १८–१९ र २५–२७, म्युटेक्स म्याक्स मेक्सिको नोभेम्बर २३–२७, हर्स्ट ड्रिफ्फ महोत्सव नेदरल्यान्ड्स नोभेम्बर २५–२६, साङ्क्टम पर्व नोभेम्बर २५–२७, संयुक्त राज्य अमेरिका । सामान्यत: चार वर्षको एक पटक मेदेखि जुलाईभित्र हुने फुटबलको विश्व कप पहिलो पटक अरब भूमिमा गर्मी छल्दै यही महिनाको २० देखि डिसेम्बर १८ सम्म आयोजना हुँदै छ । पहिलो पटक सन् १९३० मा उरुग्वेबाट सुरु भएको यो प्रतियोगिता दोस्रो विश्वयुद्धका कारण सन् १९३८ देखि ५० सम्म भने रोकिएको थियो । संसारभरिका फुटबलप्रेमीहरू जम्मा हुने यो अवसरमा यसपालि कोभिड तथा कतारी सरकारको समलिंगीहरूलाई हेर्ने दृष्टिकोण र अन्य मानव अधिकारसम्बन्धी चर्चा–परिचर्चाले गर्दा सहभागीहरूको संख्यामा अलि कमी हुने हो कि भन्‍ने अड्कल काटिएको थियो तर अहिलेसम्म तीस लाखभन्दा बढी टिकट बिक्री भइसकेको जनाइएको छ ।

जापानमा साना बच्चाहरू भएका परिवारहरूको लागि नोभेम्बर १५ बिशेष महत्व राख्दछ ।

विभिन्‍न देशहरू ठूला–साना साम्राज्यबाट मुक्त भएर स्वतन्त्र भएको सम्झना तथा देशमा भएका ठूला उथलपुथल वा नेताहरूको सम्झनामा त्यस्तो दिनहरूलाई राष्ट्रिय छुट्टीसहित हर्षोउल्लासका साथ मनाएर इतिहासलाई सम्मान गर्ने चलन छ । यो महिनामा १ नोभेम्बर एन्टिगुवा र बारबुडा, ३ नोभेम्बर डोमिनिका र माइक्रोनेसिया, ९ नोभेम्बर कम्बोडिया, ११ नोभेम्बर अंगोला र पोल्यान्ड, १८ नोभेम्बर मोरक्को र लाटभिया, २२ नोभेम्बर लेबनानी, २५ नोभेम्बर सुरिनाम, २८ नोभेम्बर मौरिटानिया, अल्बेनियाई, पनामा र पूर्वी टिमोर र ३० नोभेम्बर यमनले आफ्नो स्वतन्त्रता दिवस मनाउछन् । त्यस्तै १ नोभेम्बर अल्जेरियन क्रान्ति दिवस, १८ नोभेम्बर ओमान सुल्तान काबूसको जन्मदिन, २८ नोभेम्बर चाड र कंगो गणतन्त्र दिवस र १५ नोभेम्बर प्यालेस्टाइन राष्ट्रिय दिवस मनाउछन् भने ९ नोभेम्बरमा नेपालमा गणतान्त्रिक संविधान घोषणा गरेको दिनमा सबिधान दिवस मनाउँदै आएको छ ।

बेलायतमा हरेक वर्ष नोभेम्बर ५ मा गाई फक्स डे – जसलाई बोनफायर नाइट वा फायरवर्क्स नाइट पनि भनिन्छ मनाइन्छ । ५ नोभेम्बर १६०५ मा, गाय फक्स र कट्टरपन्थी अंग्रेजी क्याथोलिकहरूको एक समूहले वेस्ट मिनिस्टरको संसद भबन उडाएर राजा जेम्स प्रथमको हत्या गर्ने प्रयास गरेका थिए तर संयिगबस उक्त षड्यन्त्र असफल भयो र सबै षड्यन्त्रकारीहरू मारिए । त्यसको लगत्तै, बेलायतीहरूले पुतला उनीहरूको जलाएर, आगो बालेर र आतिशबाजी गरेर आफ्नो राजाको जय जयकार गरि उत्सव मनाउन थाले । यही खुशियालीमा अहिले सम्म पनि सबै ठाउमा यस दिन पटका पट्कायर सम्झिने गरिन्छ । यही वरपर दिवाली पनि पर्ने हुदा केही दिन आतिसबाजिले बेलायत चम्किने र थर्किने गर्दछ ।

हामीले मृत आत्मा तथा पितृहरूलाई सम्झिने र सम्मान गर्न मनाउने गाइजात्रा जस्तो उत्सब बिशेषत मेक्सिको लगायत ल्याटिन अमेरिका र संयुक्त राज्य अमेरिकाका केही क्षेत्रहरूमा “डिया डे लोस मुर्टोस“ अर्थात मृतकको दिन नोभेम्बर २ तारिखमा मनाउछन् । उक्त दिन चिहान वा घरमा मृतकको फोटो राखी मैन बत्ति बाल्ने, फूल चढाउने, उसलाई मन पर्ने खाना बनाउने सम्झिने गर्दछन् । क्याथोलिक परम्परा अनुसार पनि नोभेम्बर १ मा अल सेन्ट डे र २ मा अल सोल डे मृत आत्माहरूलाई सम्झने गरिनन्छ ।

अमेरिकामा सन् १६२१ देखि मनाउँदै आएको तर रास्ट्रपति अब्राहम लिंकनले ३ अक्टोबर १८६३ मा आधिकारिक रूपमा प्रत्यक वर्ष नोभेम्बरको चौथो बिहिबार सरकारी बिदा दिन थालेको थ्याङ्क्स गिभिंग डे यो वर्ष २४ तारिखमा परेको छ । अन्‍न भित्राउने परम्पराबाट सुरु भएको यो पर्ब पहिलो पटक तीन दिन सम्म मिठा मिठा खान पीनका साथ् धुमधामले मनाएका थिए । अहिले सबै भन्दा बढी प्रयोग गरिने टर्किको मासु भने सुरुमा प्रयोग गरिएको थिएन । 

जापानमा साना बच्चाहरू भएका परिवारहरूको लागि नोभेम्बर १५ बिशेष महत्व राख्दछ । बच्चाको विकासमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा 'सात–पाँच–तीन' वर्षलाई लिने मान्यता अनुसार जापानी भाषामा उक्त वर्षहरूलाई 'शिची–गो–साना' भनिने हुदा उक्त दिन तीन वा सात वर्षका छोरीहरू वा पाँच वर्षका छोराहरू भएका परिवारहरू आफ्ना सन्तानको स्वास्थ्य र उज्वल भविष्यको लागि प्रार्थना गर्न मन्दिरमा गएर बिशेष तरिकाले पुजा आजा गरिन्छ ।

जापानमा हरेक वर्ष यो महिनाको २३ तारिखमा मजदुरहरूलाई धन्यबाद दिने रास्ट्रीय पर्ब ( किनरो कान्सा नो ही ) मनाइन्छ । यो परापुर्ब कालमा मनाइने फसल पर्वको (निनामे साइ )नयाँ नामाकरण गरिएको हो । परम्परागत रूपमा कडा मेहेनत पछि किसानहरूले खाद्यान्‍न भित्राऊदा खुशीले मनाइने यो पर्वलाई आधुनिक कालमा किसान मजदुर हरूलाई धन्यबाद दिन कहिले आइतबार पर्यो भने भोलि पल्ट सार्बजनिक बिदा दिने चलन छ । पश्चिम अफ्रिकी देश लाइबेरियामा पनि नोभेम्बरको पहिलो बिहीबार थैंक्सगिभिङ पर्ब मनाइन्छ । विश्वका प्राय सबै देशहरूमा यस किसिमको पर्ब अन्य महिनाहरूमा मनाउने गर्दछन् ।

अमेरिकाका रास्ट्रपतिहरूमध्ये सबै भन्दा बढी अक्टोबर र नोभेम्बरमा जन्मिएका छन् ।

आधुनिक मानब सभ्यतामा सबै भन्दा घातक पहिलो बिश्व युद्धको सुरुवात २८ जुलाई १९१४ मा सुरु भएर सन् १९१८ को एघारौ महिना एघारौ दिन एघार बजे युद्ध बिराम भएको थियो । त्यसैले सुरुमा नोभेम्बर ११ लाइ युद्ध बिराम दिवसको रूपमा मनाउने गरेको थियो । युद्धमा ज्यान गुमाएका, अंगभंग भएका तथा बेपत्ता भएकाको साथै बहादुरी साथ प्रत्यक्ष्य रूपमा लडाई लड्नेहरूको सम्झने र सम्मान दिइने हुँदा कमनवेल्थ लगायत विश्वका अन्य देशहरूमा पनि यसलाई अहिले रेमेम्बर्यान्स (सम्झना) डे र अमेरिकामा भेटेरान डे को रूपमा मनाउने गरिन्छ । अस्ट्रेलिया, क्यानाडा, न्युजल्यान्ड तथा बेलायतमा उक्त हप्ता भरि रातो कृतिम पपी फूल प्रयोग गरिने हुदा यो दिन लाइ पपी डे पनि भन्‍ने गरिन्छ । सन् १९१९ देखि मनाउन थालिएको यो दिनमा बेलायत भरि बिहान ११ बजे दुइ मिनेट सम्पूर्ण रूपमा मौनधारण गर्ने चलन छ ।

बेलायतलगायतका विश्वका बिकसित देशहरूमा सरकारले मात्रै नभई नागरिकले पनि समाजमा देखा पर्ने बिबिध किसिमका समस्याहरू समाधान गर्नको लागि सरसहयोग गर्ने निरन्तर अभियानहरू सञ्‍चालन गरि रहेका हुन्छन् । प्रत्यक्ष्य रूपमा स्वयम् सेवा गर्न नसक्नेहरूले पनि आफ्नो अन्य खर्च कटाएर भए पनि केही न केही सहयोग गरि रहेकै हुन्छन् । यो महिनामाभरि जुँगा पाल्ने र अन्तिममा जुँगा काट्दा आफुलगायत साथि संगीहरूसंग केही आर्थिक सहयोग जम्मा गरि आफुलाई मन पर्ने स्वयम्सेबी संस्थालाइ दिने चलन छ । अस्ट्रेलिया बस्ने दुइ युवकले सन् २००३ देखि चलाएको यो अभियानलाई सन् २००६ देखि मुभेम्बर फाउण्डेशन नै स्थापना गरि व्यापक रूपमा प्रचार प्रशार गर्न थालियो ।

नोभेम्बर महिनाको १९ तारेखका दिन अन्तरास्ट्रिय पुरुष दिवस मनाइन्छ । यो महिना भरि प्रोस्टेट क्यान्सर, अण्डकोषको क्यान्सर, र मानसिक स्वास्थ्य जस्ता पुरुषहरूको स्वास्थ्य समस्याहरूसँग सम्बन्धित अनुसन्धानको लागि चेतना जगाउन विभिन्‍न कार्यक्रमहरू सञ्‍चालन गरिन्छ । मुभेम्बर अभियानले पनि यसैलाई थप सहयोग गर्ने गरेको छ । अहिले यो अभियान अष्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, क्यानडा, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, हङकङ, जर्मनी, आयरल्यान्ड, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, नर्वे, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, स्वीडेन, स्विजरल्यान्ड, बेलायत र अमेरिका भरि सञ्‍चालन हुने गरेको छ । यस्तै उँदेश्यले अमेरिकामा सन् २००९ देखि नो शेभ नो–शेभ नोभेम्बर, भनेर महिना भरि दारी कपाल जुँगा नकाट्ने र त्यसबाट बच्ने पैसा संस्थालाई दिने अभियान पनि चल्दै आएको छ । २०२१ मा, मुभेम्बर समुदायले विश्वका २० देशहरूमा पुरुषको स्वास्थ्यलाई सहयोग पुर्याउन झन्डै ८८ मिलियन अमेरिकी डलर चन्दा संकलन गरेको थियो ।

अमेरिकाका रास्ट्रपतिहरूमध्ये सबै भन्दा बढी अक्टोबर र नोभेम्बरमा जन्मेको देखिन्छ । दुवै महिनामा छ छ जना रास्त्रपतिहरूको जन्म दिन पर्दछ । बर्तमान रास्ट्रपति जो बाइडन नोभेम्बर २० कादिन ८१ वर्ष टेक्नेछन् । त्यसै गरि ११ औँ, १२ औँ, १४ औँ, २० औँ र २९ औँ रास्ट्रपतिहरू क्रमश जेम्स के. पोल्क, ज्याचरि टेलर, फ्रैंकलिन पियर्स, जेम्स ए गारफिल्ड र वारेन जी हार्डिङको जन्म यही महिनामा भएको थियो ।

बेलायतका ५७ प्रधान मन्त्रीहरू मध्ये चार जना यो महिनामा जन्मेको देखिन्छ । यहाका ९ औँ प्रधान मन्त्री विलियम पिट एल्डर १५ नोभेम्बर १७०८ जन्मेका थिए भने धेरै चर्चित चर्चिल सन् १८७४ को ३० तारिखमा जन्मेका थिए । १७ औँ र २० औँ प्रधान मन्त्रीहरू स्पेन्सर पर्सेवल र एफ जे रोबिन्सन २० वर्षको फरकमा (१७६२ र ८२) नोभेम्बर एक कै दिन जन्मेका थिए । भारत स्वतन्त्र भए पछिका पहिलो तथा पहिलो महिला प्रधान मन्त्री बाबु छोरी जवाहरलाल नेहरू र इन्दिरा गान्धीको जन्म क्रमश नोभेम्बर १४, सन् १८८९ र १९ नोभेम्बर १९१७ मा भएको थियो । चिनियाँ चिकित्सक, राजनीतिज्ञ र क्रान्तिकारी सन यत–सेनको जन्म १२ नोभेम्बर १९६६ मा भएको थियो ।

जीवनपछि मरण स्वाभाविक भए पनि आफ्नो जन्म दिन कै दिन प्राण त्याग्ने चर्चित व्यक्तित्वहरू त्यति धेरै देखिदैनन । हलिउडको एक लोकप्रिय चरित्र अभिनेत्री, जसले १९३९ मा बनेको चल चित्र 'ड्रम्स अलंग द मोहक' मा उनको सहायक भूमिकाको लागि ओस्कर पुरस्कारको लागि नामांकन भएको थियो, एडना मे ओलिभर आफ्नो ५९ औँं जन्मदिन नोभेम्बर ९, १९४२ मा आन्द्राको रोगको कारण मृत्यु भएको थियो ।

श्रेष्ठका अन्य लेखहरू


Author

सुरेन्द्र नेपाल श्रेष्ठ

(लामो समयदेखि बेलायत बसोबास गर्दै आएका श्रेष्ठले इकागजमा निरन्तर विविध विषयमा कलम चलाउँदै आएका छन् ।)


थप समाचार
x