विचार

इन्दिरा गान्धीका ‘रबर स्टाम्प’ राष्ट्रपतिहरू गिरी र सिंह

सञ्जय पन्थी |
जेठ ११, २०७८ मगलवार १९:४१ बजे

स्वतन्त्र भारतका वर्तमान राष्ट्रपति राम नाथ कोविन्दलाई थाती राखेर भन्नुपर्दा बाँकी सबैजसो पूर्व राष्ट्रपतिहरूले पूरा कार्यकाल सम्पन्न गरेको इतिहास छ । अपवादका रुपमा भन्नुपर्दा दुई वहालवाला राष्ट्रपतिको निधनका कारण कार्यकाल पूर्ण हुन नसकेको हो । अहिलेसम्म भारतमा १४ जना राष्ट्रपति भएका छन् । केही राष्ट्रपतिको कार्यकाल विवादित रहेपनि पनि महाअभियोगको सामाना गर्नु परेको छैन । 

भारतका पूर्व राष्ट्रपतिहरूमध्ये वीवी गिरी, ज्ञानीजैल सिंह र नीलम संजीवा रेड्डी कार्यशैली छविका कारण स्मरणीय छन् । गिरी, सिंह रबर स्टाम्प छविका कारण स्मरणीय छन भने छैठौ राष्ट्रपति,रेड्डी हुकुम गर्ने कार्यशैलीका कारण स्मरणीय छन् । उल्लेखित तीनजनाको कार्यकाल छाडेर बाँकी १० राष्ट्रपतिको कार्यकाल सम्मानित र निर्विवादित रहेको पाईन्छ । 


रेड्डी सन् १९७७ मा राष्ट्रपति बने । भारतमा प्रधानमन्त्रीको सिफारिश र सहमतिमा नयाँ राष्ट्रपति चुन्ने गरिए पनि आफूले चाहेको पात्रलाई प्रधानमन्त्री (चौधरी चरण सिंह) नियुक्त गर्ने एकमात्र राष्ट्रपतिका रुपमा रेड्डी परिचित छन् । रेड्डी दोस्रो पटकको प्रयासमा भारतका छैटौं राष्ट्रपति बन्न सफल भएका थिए । पूरा कार्यकाल चलाउँदै सन् १९८२ जुलाई सम्म उनी राष्ट्रपति रहे । फखरूद्दीन अली अहमद राष्ट्रपति पदमा रहँदा–रहँदै मृत्यु भएपछि सर्वसहमतीका आधारमा रेड्डी राष्ट्रपति बनेका थिए । 

आफूलाई ‘इण्डिया इज इन्दिरा , इन्दिरा इज इण्डिया’ भन्ने गान्धीले देशको चौथो राष्ट्रपति आफू अनुकुल बनाउन हस्तक्षेप गरेपछि ऐतिहासिक पार्टी कांग्रेसमा विखण्डन शुरु भएको थियो ।

६८ वर्षको उमेरमा उनी भारतको राष्ट्रपति बन्न सफल रहे । पहिलो निर्विरोध निर्वाचित हुने एकमात्र राष्ट्रपति बने । त्यसअघि उनी आन्ध्र प्रदेशका मुख्यमन्त्री र लोकसभा अध्यक्ष पनि बनिसकेका अनुभवी व्यक्ति थिए । भारतमा अहिलेसम्म कै कम उमेरका राष्ट्रपति भनेर ऊनी चिन्छिन् । सन् १९६० देखि १९६२ सम्म कांग्रेस अध्यक्ष । सन् १९६४ देखि सन् १९६७ सम्म केन्द्र सरकारमा केन्द्रीय मन्त्री । भारतीय राजनीतिमा सन् १९७५ को उथलपुथल पछि भएको निर्वाचनबाट संयुक्त सरकारको प्रधानमन्त्री मोरारजी देसाई बनेका थिए ।

भारतको इतिहासमा पहिलो पटक गैर–कांग्रेसी सरकार बनेको थियो । प्रधानमन्त्री देसाईले नर्तकी रूक्मिणी देवी अरुन्डेलाई राष्ट्रपति बनाउन चाहेका थिए । तर विपक्षी कांग्रेस पार्टी लगायत सबै राजनीतिक दलले रेड्डीलाई सर्वसम्मत रुपमा समर्थन गरेपछि उनी निर्विरोध निर्वाचित भएका थिए । उनलाई राष्ट्रपति बनाउने जस, लोकनायक जयप्रकाश नारायणलाई जान्छ । किनकी उनी इन्दिरा गान्धी बिरुद्धको आन्दोलनमा कांग्रेसबाट राजीनामा दिएर जयप्रकाश नारायणलाई सर्मथन गरेका थिए । त्यसो त उन पहिलो पटक सन् १९६९ मा वीवी गिरीसँग पनि चुनाव लडेका थिए । तर दोस्रो पटकमा रेड्डी कुनै प्रतिस्पर्धाबिना भारतको राष्ट्रपति चुनिन सफल रहे । उनको सरकार साढे दुई बर्षमात्र टिक्यो । त्यसपछि सन् १९७९ मा चरणसिंह चौधरीको नेतृत्वमा सरकार बन्न पुग्यो । 

त्यो सरकारले पनि शक्ति सन्तुलन मिलाउन नसकेपछि ६ महिना मैं विघटन हुनपुग्यो । कार्यकाल  पूरा नहुदैं फेरि देश चुनावमा होमियो । सन् १९८० को चुनावमा इन्दिरा गान्धीको फेरी प्रचण्ड बहुमत सहित सत्तामा पुनरागमन भयो । एक कार्यकालमा तीन जना प्रधानमन्त्रीलाई सत्ताको सपथ खुवाउन रेड्डी सफल रहे । त्यसले पनि उनको कार्यकाल स्मरण योग्य  बन्न पुगेको छ । भारतका राष्ट्रपतिहरूमा उनी सरकारलाई दिशा निर्देश गर्ने  हैसियतका राष्ट्रपतिका रुपमा चिनिन्छन् । 

जब १९७९ मा देसाई सरकार बिघटन भयो, त्यसपछि कांग्रेस इतर पक्षबाट प्रधानमन्त्रीका लागि नयाँ अनुहारको खोजी भैरहेको थियो । देसाईपछि उक्त पदका प्रमुख दावेदार थिए, जगजीवन राम । वरिष्ठता होस् वा अनुभवका हिसाबले । रेड्डी र जगजीवन दुबै कांग्रेसको राजनीति छाडेर समाजवादी आन्दोलन (सोसलिष्ट मुभेन्ट)मा लागेका व्यक्ति थिए । तर रेड्डीले जगजीवन रामलाई प्रधानमन्त्री बनाउन चाहेनन् । उनी राष्ट्रपति भएपनि लोकनायक जय प्रकाशसँगै त्यसबेलाका राजनीतिक खेलाडी पनि थिए । 

 

संविधानको धारा ७६ (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त भएका केपी ओलीका सामु संसदबाट विश्वासको मत लिने वा लिन नसक्ने भए राजीनामा गर्ने विकल्प खुला रहँदारहँदै ७६ (५) अनुसार प्रतिनिधिसभाको कुनै सदस्य सरकार गठनका लागि तयार छ कि भनेर गरिएको आह्वानमा समेत प्रधानमन्त्री ओलीकै दाबीको अर्घेलो अघि सारेर राष्ट्रपतिबाट असंवैधानिक कदम उठाइयो । उक्त कदमले राष्ट्रपतिको साख, गरिमा र सम्मानको अवमूल्यन गराएको छ ।

दुबै इन्दिरा बिरुद्धको आन्दोलनका नायक र सहनायक थिए । त्यतिवेला कांग्रेस उथलपुथलको अवस्थामा थियो । प्रान्तीय तहमा कांग्रेसका पुराना नेताहरुले विभिन्न नाम दिएर पार्टी स्थापना गरेका थिए । त्यसमध्येका अर्काे प्रभावशाली व्यक्तित्व थिए– महाराष्ट्रका वाइबी चौहान । उनको सिट सीमित थियो । तर रेड्डीले चरणसिंह र वाइबी चौहानलाई नयाँ प्रधानमन्त्री चयनका लागि आमन्त्रण गर्दा, जगजीवन रामलाई बोलाउन चाहेनन् । रेड्डी कै कारण जगजीवन प्रम बन्नबाट वञ्चित रहे । नेहरुको पहिलो क्याबिनेटमा मन्त्री बनेका अनुभवी पूराना नेता रहेपनि उनलाई त्यस छलफलमा आमन्त्रण गरिएन । 

जगजीवन जय प्रकाश नारायणका कारण जनता पार्टीमा जोडिएका थिए । तर पछि ‘कांग्रेस जे’ पार्टी गठन गर्न गरेर राजनीति गरे । देसाईको सरकारमा उपप्रधानमन्त्री बनाइए तर जगजीवनलाई रेड्डीले मन पराउँदैनथे । देसाईको राजीनामा पछि चरणसिंह चौधरी प्रधानमन्त्री बनाईए । जगजीवन प्रधानमन्त्री बन्न नसक्नुको कारण,राष्ट्रपति रेड्डी थिए भनिन्छ । चौधरीको सट्टा जगजीवन रामलाई प्रम बनाईएको भए, शायद बाँकी कार्यकाल सरकार चल्न सक्थ्यो भनिन्छ । 
तर चरणसिंह चौधरीको सरकार ६ महिना मै अपदस्त हुनपुग्यो र देशमा चुनाव  घोषणा भयो । चौधरीको सरकार ढलेपछि रेड्डीले चाहेको भए जगजीवनको नेतृत्वमा सरकार बन्न सक्थ्यो । तर उनले जगजीवन रामलाई प्रम बनाउन चाहेनन् बरु चुनाव सिफारिश गर्न लगाए । अन्ततः देश चुनावमा गयो ।

जसरी भारतमा चरण सिंह चौधरी पछि नयाँ सरकार बन्ने अवस्था रहँदा रहँदै पनि राष्ट्रपतिको चरित्र र चाहनाका कारण देश चुनावमा गएको थियो । अहिले नेपालमा यस्तै घटना दोहोरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको सरकारको सम्भावना रहँदारहँदै राष्ट्रपति विद्यादेवी भण्डारी कै कारण देश चुनावमा धकेलिएको अवस्था छ । गत शुक्रवार मध्यरातमा मन्त्रिपरिषद्को निर्णयलाई सदर गर्दै, अन्य  राजनीतिक दलहरूसँग विना कुनै परामर्श राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरिदिइन् । संविधानको धारा ७६ (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त भएका केपी ओलीका सामु संसदबाट विश्वासको मत लिने वा लिन नसक्ने भए राजीनामा गर्ने विकल्प खुला रहँदारहँदै ७६ (५) अनुसार प्रतिनिधिसभाको कुनै सदस्य सरकार गठनका लागि तयार छ कि भनेर गरिएको आह्वानमा समेत प्रधानमन्त्री ओलीकै दाबीको अर्घेलो अघि सारेर राष्ट्रपतिबाट असंवैधानिक कदम उठाइयो । 

उक्त कदमले राष्ट्रपतिको साख, गरिमा र सम्मानको अवमूल्यन गराएको छ । उनको कदमलाई असंवैधानिक भन्दै सत्तारुढ नेकपा एमालेकै वरिष्ठ नेता माधव नेपाल सहितको विपक्षी गठबन्धनले संसद् विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषद् निर्णय खारेज गर्न माग गर्दै अदालत पुग्नु परेको छ । साथै उक्त गठवन्धनले संसद् अधिवेशनको मिति तोक्नुपर्ने माग सहित संविधानको धारा ७६ (५) मुताविक नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तका लागि परमादेश गर्न माग गरेको छ । उक्त गठबन्धनमा १४६ सांसदहरु स्वयं सर्वोच्च अदालतमा उपस्थित भएर सोमबार रिट दायर गरेका छन् । यस पटक पनि विपक्षीले अदालतको ढोका ढकढक्याएका छन् ।

नेपालको इतिहासमा छ महिनाको (एउटै कार्यकाल) अन्तरमा व्यवस्थापिका ससंद दुई पटकसम्म मन्त्रिपरिषद्को सिफारिशमा विघटन हुन पुगेको छ । विघटनको नयाँ रेर्कड कायम हुन पुगेको छ । पहिलो पटक पुस ५ गते विघटित संसद फागुन ११ गते अदालतको आदेशबाट पुनःस्थापित हुन पुगेको थियो । तर यस पटक के हुन्छ ? प्रतिक्षाको विषय भएको छ । 

विघटित संसद् पुनःथापना गर्न विपक्षी गठबन्धनका १ सय ४६ सांसदहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । साथै नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि रिटमा माग गरिएको छ । यस पटकको राजनीतिक खिचातानीले आफैंमा लोकतान्त्रिक संस्कारयुक्त र पदीय गरिमालाई ध्यान दिएको देखिदैन । अदालतबाट लोकतन्त्रलाई बचाईरहँदा नागरिकको मतको उपेक्षा भैरहेको त हैन ? भन्ने प्रश्न पनि टड्कारो बनेको छ । 

भारत स्वतन्त्र भएको २१ वर्षपछि सन् १९६९ मा राष्टपति र प्रधानमन्त्रीका बीचको स्वार्थलाई लिएर आपसी विवाद उत्कर्षमा पुगेको थियो । त्यो थियो, चौथो राष्ट्रपति छनोटको विषयमा सत्तासीन दल कांग्रेस र प्रधानमन्त्री इन्दिरा गान्धीबीच मतभेदका कारण उल्झन पैदा भएको थियो । आफूलाई ‘इण्डिया इज इन्दिरा, इन्दिरा इज इण्डिया’ भन्ने गान्धीले देशको चौथो राष्ट्रपति आफू अनुकुल बनाउन हस्तक्षेप गरेपछि ऐतिहासिक पार्टी कांग्रेसमा विखण्डन शुरु भएको थियो । 

 

वीवी गिरी र ज्ञानी जैल सिंह, इन्दिरा गान्धीका रबर स्टाम्प राष्ट्रपतिका रुपमा परिचित छन् । कतिसम्म भने ज्ञानीजैल सिंहले भन्थे, ‘गान्धीले भनिन् भने म सडकमा झाडू लगाउन पनि तयार छु ।’

चौथो राष्ट्रपति आफू अनुकुलका व्यक्ति वीवी गिरी निर्वाचित गराउन गान्धी सफल भएपनि गिरीको छवि निष्कलंक बन्न सकेन । गिरी भारतमा रबर स्टाम्प राष्ट्रपतिका रुपमा चिन्निछन् । तर उनी अघिका तीन राष्टपति राजेन्द्र प्रसाद, सर्वेपल्ली राधाकृष्णन् र जाकिर हुसैनले निर्वाह गरेको भुमिकाले स्वतन्त्र भारतमा लोकतन्त्र जग बस्न सफल भएको, हिन्दूस्तान टाईम्सका पुर्व सहसम्पादक एवं सोसलिस्ट चिन्तक मदन हिन्द बताउँछन् । 

साथै स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको उच्च आदर्शवादी सोच र दूरदर्शिताले भारतमा लोकतन्त्रको जग बस्न सफल भएको उनको तर्क छ । नेपालको राजनीतिलाई दिल्लीबाट नियालीरहेका हिन्द भन्छन्, पटक–पटक मध्यरातमा संसद विघटन भैरहेको नेपालमा लोकतन्त्रको जग नै भत्किन पुगेको छ । अदालतमा जस्तै–राजनीतिमा नजीरले मनोविज्ञान तय गरेको हुने उनी बताउँछन् । भारतको इतिहासमा सन् १९७७ कालो इतिहासका रुपमा दर्ज भएपनि अदालतले संसद पुनःस्थापना गराएको इतिहास भने देखिदैंन । ‘लोकतन्त्र फँक्रिदै गरेको देशमा संसद ब्युँताउन पटक–पटक अदालतको ढोका ढक्ढक्याउनुपर्ने स्थिति आउनु लोकतन्त्रको सुदृढ निरन्तरताका लागि राम्रो संकेत होइन ।,’ हिन्द भन्छन् ।  

भारतमा सरकार माथि चाबुक चलाउने सशक्त राष्ट्रपतिका रुपमा रेड्डी चिनिन्छन् । त्यसैगरी वीवी गिरी र ज्ञानी जैल सिंह, इन्दिरा गान्धीका रबर स्टाम्प राष्ट्रपतिका रुपमा परिचित छन् । कतिसम्म भने ज्ञानी जैल सिंहले भन्थे, ‘गान्धीले भनिन् भने म सडकमा झाडू लगाउन पनि तयार छु ।’ भारतमा रेड्डी जस्ता अधिनायकवादी सोचका राष्ट्रपति, गिरी र ज्ञानी जैल जस्ता रबर स्टाम्प राष्ट्रपति हुँदा पनि भारतको लोकतन्त्र धर्मराएको भएपनि उच्च आर्दशबादी नेतृत्वका कारण सम्हालिएको विगत हिन्द स्मरण गर्छन् । 

निहित सत्ता स्वार्थले धर्मराएको नेपालको लोकतन्त्रको, भविष्य आँकलन गर्दै सम्हाल्न सक्ने उच्च आर्दश सहितको नेतृत्वको अभाव नेपाली जनताले महशुष गरेका छन् । महात्मा गान्धीले भनेका छन् ‘मान्छे मानव बन्न जति समय लाग्छ, तर भत्किन रत्तिभर पनि लाग्दैन । नेतृत्वमा आस्थाको विचलनका कारण समाज र समाजवाद जति छिटो स्खलित हुनपुग्छ, त्यसलाई फेरि उठाउन असम्भव जस्तै हुन्छ ।’ कतै हाम्रो नेतृत्वको अवस्था पनि त्यही दिशाउन्मुख त हैन् भनेर हामीले गम्भीरतापूर्वक सोच्‍नु पर्ने बेला आएको छ । 


Author

थप समाचार
x