विचार

नोकरशाही व्यवस्थाको दलदलमा नेपाल

अशोक अर्याल |
असोज ८, २०८० सोमबार १३:४९ बजे

सामाजिक विकास र सांस्कृतिक पृष्ठभूमिलाई पर सारेर देशको राजनीतिलाई बुझ्नु हुँदैन। समाजको संरचना र सांस्कृतिक मूल्य मान्यताले निर्माण गरेको मनोविज्ञानले नै मानिसका राज्य र राजनीतिलाई हेर्ने अवधारणा निर्माण गर्दछन् । नेपालको राजनीति स्वाभाविक रुपमा यसबाट पृथक हुन सक्दैन्। हाम्रो इतिहास कस्तो छ ?

राज्य शाषकको बिर्ता हो भन्ने कुरा इतिहासमा गहिरो मनोविज्ञानको रुपमा रहेको छ। यही मनोविज्ञान वर्तमान राजनीतिमा पनि छ। त्यसैले यस्तो राजनीतिले हैसियत निर्माणलाई लक्ष्य मान्दछ। यस मनोविज्ञानले जुनसुकै वादमा नेता र जनताका बीचमा मालिक र नोकरको सम्बन्ध स्थापित गर्द्छ। यस अर्थमा नेपाली राजनीति सुधारवादी राजनीतिसम्म पनि होइन। यो नितान्त ब्युरोक्र्याटिक वा नोकरशाही व्यवस्था मात्र हो। यस्तो राजनीतिले सधैँ समाजको विभाजनलाई प्रोत्साहित गर्दछ। 


१.बलपूर्वक मृत-स्थायित्व लादनु यस्को लक्ष्य हुन्छ। अङ्ग्रेजीमा यस्लाइ regressive status-quo भनिन्छ। हैसियत वा स्ट्याट्सलाई स्थापित गर्न यस्ले कानुनको भर्पुर सहयोग लिन्छ। यसले छ्द्म रणनीति अवलम्बन गर्दछ । जस्तैः गुटबन्दी द्वारा समूहको शक्ति आफ्नो हातमा राख्दछ। राज्यका पदमा आफ्नो एकलौटी अधिकार स्थापित गर्दछ, र तेस्कालागि राज्यको शक्ति र पैसा दुवै प्रयोग गर्दछ। विगतको अमेरिकी राजनीति यस्को ज्वलन्त उदाहरण हो। अहिले नेपालमा पनि तेहि नै हो।

२. कथित बौद्दिकहरु यस रोगका सिकार भएका हुन्छ्न। यिनीहरु जे भैरहेको छ त्यो कुनै मानिसको दुर्गुणको कारणले भैरहेको हो भन्ने ठान्छन् । त्यो केवल भ्रम मात्र हो। यो नोकरशाही राजनीतिलाई स्थापित गरी राज्य दोहन गर्ने नीतिगत योजनाबाट नियोजित रुपमा भैरहेको हुन्छ। तेसैले राम्रो होस् भन्ने कोरा रोदनले नेपाल परिवर्तन हुँदैन।

३. ढाँट्नु, ठग्नु, लुट्नु र अपराध गर्नु नोकरशाहीतन्त्रका रणनीति हुन। तेसैले जिते पछि यो गर्छु, त्यो गर्छु भनेर हरेक व्यक्तिले आफूलाई नैतिक र इमान्दार प्रमाणित गर्ने प्रयास गरिरहेको हुन्छ। उ आफ्ना मानिसबाट माला पहिराउन लगाउँछ। अन्यथा निर्वाचनसङ्ग मालाको सम्बन्ध के हुन्छ? उ त विकासको योजनासङ्ग मात्र सम्बन्धित रहनु पर्ने हो।

४. नोकरशाहीतन्त्रमा विदेशी गठजोड पनि गाँसिएको हुन्छ। नेतालाई सत्ता र विदेशीलाई प्रभुत्व चाहिएको हुन्छ। नोकरशाहीतन्त्रको बौद्धिकताले कोरा देशभक्तिको कुरा त गर्छ तर त्यो भावनामा लिन हुन्छ र आफ्नो स्वार्थबाट प्रेरित हुन्छ। यो एकै छिनमा क्रान्तिकारी हुन्छ अनि एकै छिनमा कसैको चाकरी गरिरहेको हुन्छ। 

५. अहिले नेपाल अरु देश जस्तै सामन्तबादी नोकरशाहीतन्त्रबाट बाहिर आउने चाहाना र तेस्को विरुद्ध परिवर्तन विरोधीका घेराबन्दीबीचको संघर्षमा अलमलिएको छ। एउटा सुदृढ बौधिद्क क्रान्तिबाट खारिएको वैचारिक क्रान्तिबाट मात्र देशलाई जोगाउन सकिन्छ। अब देशभक्ति र विकासलाई जोड्ने नयाँ विचारको निर्माण हुनै पर्छ। वस्तुगत एवं प्रयोजनवादी विकासको ढांचाले आम जनताको दुइटा सक्षमता निर्माणको लक्ष्य बोकेको हुन्छ।

- प्रत्येक व्यक्तिको उत्पादकत्व निर्माण गर्न उसलाई उन्नत शिक्षाको प्रवन्ध गर्नु पर्छ। तर हाम्रो राजनीति केवल रेल र भत्ताको कुरा गर्छ। नेपाली सांस्कृतिक मान्यताको समेत सन्दर्भमा नेपाली विकास ढांचाले परिवारलाई उत्पादनको एकाई बनाउनु पर्छ। यस्को तात्पर्य हो कृषि विकासको पहिलो प्राथमिकता हो। तर नोकरशाही राजनीतिका वाहकहरु केवल सहर केन्द्रित संरचनाका कुरा गर्छन्। किनभने यस्ता विकास योजनामा भ्रस्टाचार गर्न सहज हुन्छ।

- उर्जा प्राथमिक विकास एजेन्डा हो। तर यसलाई सुन जस्तो महङ्गो बनाइएको हुन्छ। भ्रस्टाचारका लागि यो प्रयोग हुन्छ। त्यसैले खोलाहरु नेता र माफियाको अधिनमा हुन्छन्। आम जनता पुग्ने विकासले आम चेतनाको निर्माण गर्छ। त्यसैले नोकरशाहीतन्त्रमा शिक्षा र कृषिलाई ध्वस्त पारिएको हुन्छ। शिक्षा निजीकरणको योजना र औधोगिक प्रतिस्ठानहरु लिलाम गर्ने योजना यसैकारण ल्याइएको थियो।

- भौतिक संरचनाको निर्माण उदेद्श्य होइन वा साध्य होइन साधन मात्र हो। मानिसको सुरक्षा र मर्यादाको निर्माण विकासको साध्य हो। नेतृत्व यसो गर्न चाहँदैन। त्यसैले नेपालको विकास दिग्भ्रमित पारिएको छ। अब नेपाललाई नयाँ युगमा प्रक्षेपित गर्न नयाँ विचारको निर्माण गर्नु आवश्यक छ। युवाहरुले नेतृत्व लिनु पर्छ। तेसैले अब कुनै पनि ब्यक्तिले पद ओगट्ने तन्त्र ध्वस्त पार्नै पर्छ।
 


Author

थप समाचार
x