विचार

कोभिडले खोप लगाएको/नलगाएको भन्दैन, सबै वर्ग संक्रमित छन्

डा.समिरकुमार अधिकारी |
माघ ७, २०७८ १७:१ बजे

डा. समीरकुमार अधिकारी
 

अहिले नेपालमा कोभिड–१९ तीव्र गतिमा फैलिइरहेको अवस्था छ । कोभिड नियन्त्रणका लागि गरिएका विविध प्रयासलाई नागरिकले खासै महत्व नदिएको पाइएको छ । सर्वसाधारणको लापरवाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्ने भएकालेसावधानी अपनाउनु अहिलेको आवश्यकता हो ।


स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भएकाले आम नागरिकहरूले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न हामी आग्रह गर्दछौं । ओमिक्रोन भाइरस स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण रहेपनि संक्रमण दर अहिले बढिरहेको छ। आम मानिसहरुले स्वास्थ्य सम्बन्धी सरकारले बनाएका मापदण्ड पूर्ण पालना गर्ने र कोरोनाबिरुद्धको खोप अनिवार्य लगाएमा बढ्दो कोरोना संक्रमणलाई कम गर्न सकिन्छ ।

ओमिक्रोन भेरियन्ट तीव्र संक्रामक रहेकोले घर परिवारमा पनि कोभिडबाट आफू बच्न र अरुलाई पनि बचाउनका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने र आफूलाई संक्रमण भए ७ दिनअघिसम्म भेटघाट गरेका मानिसहरुलाई सचेत गहुनपर्दछ सरकारले स्वास्थ्यका पूर्वाधारहरु बढाएपनि स्वास्थ्यकर्मीहरु गुणात्मक रुपमा बढाउन असहज छ । असावधानीका कारण कोरोनाबाट हुने जनधनको क्षति हुन नदिन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग र सचेत रहन जरुरी छ ।

पछिल्लो ओमिक्रोनको संक्रमणलाई हेर्दा यो धेरै संक्रामक रहेको छ । यसले अहिलेको कोभिडले कुनै वर्ग, खोप लगाएको, नलगाएको, केही छुट्टिने अवस्था छैन । सबै वर्गहरु संक्रमित भइरहेको देखिन्छ । तीव्र संक्रामक भएको हुनाले एकजनामा संक्रमण पुष्टि भयो भने हामी बसेको ठाउँ परिवारमा अरु व्यक्तिहरू पनि संक्रमित भएको देखिरहेका छाँै । एक ठाउँमा संक्रमण हुँदा त्यहाँ वरिपरि रहेकाहरूमा संक्रमण फैलिरहेको छ । तर जोखिमको हिसावले पहिलेको भेरियन्टहरु भन्दा कम जोखिमपूर्ण छ । स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण छ । यो हुनुको पछि कोभिड खोप लगाउनेको संख्या बढेको कारण र अर्को बढी प्रभाव पार्ने अंग अरु भेरियन्टले फोक्सोको तलको भागमा बढी प्रभाव पार्दथ्यो भने यसले घाँटीसम्म गएर प्रभाव पार्छ । त्यसैले जोखिमका हिसावले तुलनात्मक रुपमा कम हो ।

तर भ्याक्सिन नलगाएको मानिसहरुमा बढी जोखिम भइरहेको अस्पतालमा भर्ना दरहरु हेर्दा तलैसम्म जोखिम भएकाे देखेका छौँ । संक्रमणको गति तीव्र छ । हामीले लिने सामान्य सावधानीहरुले त्यसलाई कम गर्न सकिन्छ । कोभिड १९ बिरुद्धको खोप लगाउन सकेको आधारमा जोखिम कम हुन्छ । अहिले हामी संक्रमणको उच्च अवस्थाबाट गइरहेका छौँ । यो केही समय रहन्छ र बिस्तारै कम हुँदै जान्छ । हामी बच्न र अरुलाई बचाउन उपलब्ध भएको कुराहरु जनस्वास्थ्यका मापदण्ड, कोभिड १९ बिरुद्धको खोप नै हो । समग्र स्वास्थ्य सेवाहरुमा धेरै व्यक्तिहरु संक्रमित हुँदै जाँदा यसले धेरै चुनौति थप्छ ।

समुदायमा धेरै व्यक्तिहरु संक्रमित हुँदा त्यही समुदायमा, परिवारमा बस्ने नर्स, डाक्टर उहाँहरु घरपरिवारबाट पनि संक्रमित हुन सक्नुहुन्छ । अर्को अस्पतालमा संक्रमितको संख्या धेरै बढ्दै जाँदा, कोरोनाको उपचार र अरु सेवा लिनका लागि आउनेहरुको संख्या बढी भएपछि स्वास्थ्यकर्मी संक्रमितबाट आफू संक्रमित हुने, नभएको व्यक्तिलाई संक्रमण सार्नसक्ने अवस्था सिर्जना हुने, भएपछि ती स्वास्थ्यकर्मीलाई हामीले अलग्गै आइसोलेशनमा बस्ने व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसो गर्दा उहाँहरुको ठाउँमा काम गर्ने अर्को मानिस चाहियो । थप स्वास्थ्यकर्मीहरु व्यवस्थापन गर्ने चुनौति छ । स्वास्थ्यमा पूर्वाधारहरु धेरै थपिएको छ ।

तर सवास्थ्यकर्मीहरु गुणात्मक रुपमा थप्न सकिरहेका छैनौँ । भएका स्वास्थ्यकर्मीलाई तालिम दिने र केही स्वास्थ्यकर्मीहरुलाई करारमा लिने काम गरेका छौँ । संक्रमण थपिँदै जाँदा काम गर्ने स्वास्थ्यकर्मीहरु आफ्नो ठाउँमा रहेपनि स्वास्थ्य सेवा प्रवाहमा चुनौति आउँछ । अर्को अरु सवा लिन आउने व्यक्तिहरुलाई त्यो चक्रबाट संक्रमण सर्दै जाँदा उहाँहरुमा हुने स्वास्थ्य जटिलता तुलनात्मक रुपमा बढी हुन्छ । जसले गर्दा जनधनको क्षति बढी हुने सम्भावना छ । संक्रमण रोक्नका लागि समुदायमा गर्ने प्रयासहरु धेरै गर्नुपर्ने हुन्छ ।

कोभिड १९ संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य रुपमा आइसोलेशनमा बस्नुपर्ने र त्यसपछि पनि लक्षण देखिए थप आइसोलेशनमा बस्नसपर्छ । ७ दिनमा पनि लक्षण भएको खण्डमा भने आफूमा संक्रमण सक्रिय छ भन्ने बुझेर १३ दिनसम्म आइसोलेशनमा बस्नुपर्ने हुन्छ ।

कोभिड १९ संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य रुपमा पृथकवास बस्नुपर्छ । अरुसँग भेटघाट गर्नहुँदैन । भेटघाट भएका मानिसलाई सुचित गराउन आवश्यक हुन्छ जसले संक्रमण रोक्न सहज हुन्छ । संक्रमण पुष्टि भएर आइसोलेशनमा बसेको छ भने ७ दिनपछि संक्रमण सर्दैन भन्ने कुरा पुष्टि भएकोले सात दिनपछि परीक्षण गर्नुको कुनै औचित्य छैन । सर्पको काँचुली देखिएजस्तै भाइरसको केही अंश परीक्षण गरेपनि देखिनसक्छ । तर त्यसले संक्रमण सार्ने अवस्था हुँदैन ।

त्यो सक्रिया भाइरस हुँदैन । तर त्यहाँ हामीले जनस्वास्थ्यका मापदण्ड पलना गरेर कार्यालय जान्छु भन्ने सोच्छौँ तर कोभिडका लक्षणहरु छन् भने सक्रिय छ कोरोना भनेर आइसोलेशनलाई निरन्तरता दिनुपर्छ । सक्रिय भाइरस रहेसम्म लक्षणहरु देखिन्छन् । त्यस्तोमा लक्षण हराएको थप तीन दिनसम्म आइसोलेशनमा बस्नुपर्छ । कसैलाई १० दिनमा पनि लक्षण छ भने १० औँ दिनसम्म पनि संक्रमण गराउन सक्ने भाइरस छ भन्ने बुझ्नुपर्ने हुन्छ । उहाँले १३ दिनसम्म आइसोलेशनको अवधि पूरा गर्नुपर्छ, १० दिनमा लक्षण कम भयो भने । त्यस्तोमा परीक्षण गराइराख्नुको कुनै आवश्यक्ता छैन । त्यसले कुनै अर्थ दिँदैन, श्रोत साधनको दुरुपयोग मात्रै हो ।’

अतिरिक्त खोप सरकारले उपलब्ध गराइरहेकोले पहिला लगाएको खोप मात्रै लगाउनु पर्छ । कोभिशील्ड र अस्ट्राजेनिका नाम फरक भए पनि बनाउने प्रक्रिया एकै भएकोले यी दुई खोपमा भने रोजेर लगाउन सकिन्छ ।

हामीले नेपालमा कोभिड १९ विरुद्धको जुन भयक्सिन लगाएका छौँ । भेरोसेल, कोभिशील्ड र अस्ट्राजेनिका लगाएको अलि लामो समय भएको छ । ६ महिना भन्दा बढी भएको ६ महिना भन्दा बढी भएको छ । यस्तोमा हामीले जुन खोप लगाएका छौँ त्यही खोप लगाउने नै हाम्रो अध्ययनहरुको सिफारिस छ । विश्व स्वास्थ्य संगठनबाट पनि आएको छ । हामीले एउटा खोप लगाएकोमा अर्को खोप मिसाउने सिफारिस गरेका छैनौँ । सरकारको नीति त्यस्तो छैन ।

हामीले अध्ययन, अनुसन्धान हेरेर गरिएको सिफारिस हो । कोभिशील्ड र अस्ट्रजेनिका खोपको बनावट एउटै हो । नाम मात्रै फरक हो, खोप एउटै हो । त्यस्तोमा अस्ट्राजेनिकाको ठाउँमा कोभिशील्ड, कोभिशील्डको ठाएँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन । तर कोभिशील्ड वा अस्ट्रजेनिका लगाएको व्यक्तिमा भेरोसेल लगाउने कुरा सरकारले सिफारिस गरेको छैन । भ्याक्सिनले गर्ने प्रतिक्रिया फरक हुनसक्छ ।त्यसले शरीरभित्र अरु प्रतिक्रिया जनाउन सक्छ । त्यसैले सबै जनालाई जे खोप पहिला लगाएका छौँ, त्यही खोप नै अतिरिक्त मात्राका रुपमा लगाउन पर्दछ।

(कुराकानीमा आधारित)
 



Author

थप समाचार
ad
x