पर्यटन

धनगढीबाट साँझ हुने सबै उडान रद्द

इकागज |
माघ ३, २०८० बुधबार १७:५४ बजे

काठमाडौँ- मौसम खराबीको कारण तथा भिजिबिलिटी कम भएकाले धनगढीदेखि  काठमाडौँसम्म हुने सबै उडान रद्द भएको छ । धनगढी विमानस्थलबाट साँझ हुने सबै उडान रद्द भएको धनगढी विमानस्थलले जनाएको छ ।

काठमाडौँबाट आएका दुई वटा जहाज अवतरण गरेको विमानस्थलका अधिकृत दिपक भट्टले जानकारी दिए । उनका अनुसार मौसम खराबका कारण श्री एयरलाइन्सका जहाज अवतरण गर्न नसकेर नेपालगञ्ज विमानस्थलमा अवतरण भएको छ ।


‘आज दिनभरमा तीनवटा मात्र उडान भएको छ । दुई श्री र एक बुद्धको उडान भएको छ,’ उनले भने ।


Author

थप समाचार
x