पर्यटन

फेयरफिल्ड म्यारिओट काठमाडौँले सातौं वार्षिकोत्सव मनाउँदै

इकागज |
फागुन २०, २०८० आइतबार १५:१३ बजे

काठमाडौँ- नेपालको म्यारिओट ब्राण्ड होटल फेयरफिल्ड वाई म्यारिओटले सातौं वार्षिकोत्सव मनाउने भएको छ । म्यारिओटले मार्च महिनामा सातौं वार्षिकोत्सव मनाउने तयारी गरेको होटलले जनाएको छ ।

सात वर्ष अगाडि नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिओटलाई भित्र्याएर यस होटलले नेपालको पर्यटन क्षेत्रकै समग्र आथित्यता सेवाको स्तरवृद्धि गर्न सफल भएको थियो । फेयरफिल्ड काठमाडौँले लक्जरी, आरामदायिता र सांस्कृतिक विविधताको अद्वितीय अनुभव गरेका हजारौँ स्वदेशी तथा विदेशी पर्यटकले प्रशंसा गर्ने गरेको होटलले जनाएको छ ।


फेयरफिल्ड काठमाडौँमा आतिथ्य सेवाका लागि तीन उत्कृष्ट रेष्टुराँहरू रहेका छन् । अल डे डाईनिङ्ग रेष्टुराँ काभा, जापानीज रेष्टुराँ काकु काकु सिका जिका र मेडिटेरिअन ओचो स्काई लाउन्ज खानाको उत्कृष्ट स्वादका साथमा आथित्यताको उच्चतम अनुभव पस्किन सदैव तत्पर रहँदै आएका छन् ।

काभामा नेपाली, इण्डियन र वेष्टर्न खानाहरू पस्किने गरिएको छ भने काकु काकु सिका जिकामा सुसी रोल, टेपनयाकी जस्ता प्रसिद्ध जापानी खाना पाइन्छ ।

ओचो स्काई लाउन्जमा भने काठमाडौँ शहरको रङ्गिन वातावरण नियाल्दै इटालियन र स्पेनिस खानको स्वाद लिने अवसर मिल्नेछ । यद्यपि कुनै पनि रेष्टुराँमा बसेर कुनै पनि मेन्युबाट खानाको अर्डर गर्न सकिने अवसर फेयरफिल्डले दिँदै आएको छ ।

काठमाडौँको मुटु मानिने ठमेलको मुखैमा रहेको फेयरफिल्डबाट काठमाडौँ दरबार स्क्वायर दश मिनेटको दूरीमा पर्छ  । दरबारमार्ग पाँच मिनेटभन्दा कमको पैदल यात्रामा पुग्न सकिन्छ । काठमाडौँका स्थानीय जीवनलाई नजिकबाट नियाल्दै यहाँको रात्रि जीवन होस् या सांस्कृतिक विविधताको अनुभूति गर्न चाहने पर्यटक हुन् । सबैलाई पायक पर्ने फेयरफिल्ड हरेक वर्ग र उमेर समूहका पर्यटकको साझा रोजाई बन्दै आएको होटलले जनाएको छ । 

काठमाडौँ म्यारि‍ओट होटल तथा फेयरफिल्ड काठमाडौँका क्लस्टर डाइरेक्टर सेल्स एण्ड मार्केटिङ वरुण कमराले विश्व प्रसिद्ध होटल ब्राण्ड म्यारिओट बोनभोईको आथित्यता र लक्जिरी अनुभूति गर्न चाहने स्वदेशी तथा विदेशी पाहुनालाई आफ्नो सात वर्षे यात्रा सफल बनाइदिएकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।  

उनले भने, ‘यहाँहरूको साथ र सहयोग विना यो सफलता सम्भव थिएन, यो अभूतपूर्व सहयोगका लागि हार्दिक धन्यवाद । आगामी दिनमा हाम्रो सेवा र सुविधालाई अझ विस्तार गरेर लैजाने प्रतिबद्धता जनाउँछौँ ।’


Author

थप समाचार
x