विश्व

श्रीलंकामा विद्युत् शुल्क २६४ प्रतिशतले वृद्धि

एजेन्सी |
साउन २६, २०७९ बिहीबार १५:१० बजे

फाइल तस्बिर

कोलम्बो- श्रीलंकाको राज्यद्वारा सञ्चालित विद्युत् निकायले कम खपत गर्ने उपभोक्ताका लागि २६४ प्रतिशतले विद्युत् महसुल बढाउने भएको छ । जबकी उच्च प्रयोगकर्ताहरूका लागि भने थोरै महसुल बढाउनेछ ।

घाटामा रहेको सिलोन विद्युत् बोर्ड (सीईबी)ले बुधबारदेखि नयाँ शुल्क ताेकेकाे हाे । बोर्डले नाै वर्षमा पहिलो पटक उच्च वृद्धि गरेको हो ।
 
सीईबीले आठ सय  प्रतिशतभन्दा बढी शुल्क वृद्धिका लागि अनुरोध गरेको थियो । तर, नियामक निकायले अधिकतम २६४ प्रतिशतसम्म वृद्धि गर्न अनुमति दिएको अधिकारीहरूले बताए ।
 
शुल्क वृद्धिले ७.८ मिलियन घरपरिवारमध्ये एक महिनामा ९० किलोवाटभन्दा कम विद्युत् प्रयोग गर्ने दुई तिहाई सबैभन्दा बढी वृद्धिबाट प्रभावित हुनेछन् । ठूला उपभोक्ताहरूले करिब ८० प्रतिशत बढी तिर्नेछन् ।



Author

थप समाचार
x