विश्व

युक्रेनको क्रिमियामा रहेको रुसी बेसमा विस्फोट

इकागज |
साउन ३१, २०७९ मंगलबार १७:९ बजे

काठमाडौं– रुसको कब्जामा रहेको क्राइमियाको एउटा सैन्य शिविरमा शृङ्खलाबद्ध विस्फोटन हुँदा कम्तीमा दुई जना घाइते भएको बताइएको छ । रुसी अधिकारीहरूले उत्तरी क्रिमियाको जान्कोइ क्षेत्रमा रहेको हतियारको भण्डारमा विस्फोट गराएको बताएका छन् । 

बिजुलीको सबस्टेसनमा समेत आगलागी भएको बताइएको छ । विस्फोटको कारण स्पष्ट नभएको बताइएको छ । गतहप्ता क्रिमियाको तटमा भएको युक्रेनी आक्रमणमा रूसी युद्धक विमानहरू नष्ट भएको बताइएको छ । 


युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोल्याकले विस्फोटहरू असैनिकीकरणमा कारबाही भएको वर्णन गरेका छन् । पोडोल्याकले उक्त विस्फोट संयोगवश नभएको संकेत गरेका छन् । 

एक क्राइमियाली टाटार नेता रेफात चुबारोभले पनि विस्फोटलाई हिट भनेर वर्णन गरेका छन् । 


Author

थप समाचार
x