विश्व

युक्रेनमा खटिएका सेनाका आमासँग पुटिनको भेट : पर्याप्त हतियार उपलब्ध नगराइएको गुनासो

इकागज |
मंसिर १०, २०७९ ११:१६ बजे

फाइल तस्बिर

मस्को- ‘हामी तपाइँको पीडा सेयर गर्दछौं’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लडिरहेका (जसमध्ये कतिपय मारिएका छन् ) रुसी सैनिकका आमाहरूको समूहलाई भनेका छन् । ‘छोरो गुमाउनुको बदला केही पनि हुन सक्दैन’, उनले भने । धेरै आमाहरू क्रेमलिन समर्थक आन्दोलनका सदस्य हुन् । 

आलोचकहरूले उनीहरूलाई बैठकको लागि सावधानीपूर्वक चयन गरिएको बताएका छन् ।  युक्रेनमा रुसी हमलाको क्रेमलिनभित्र विरोध बढिरहेको छ ।
देशभरि सेवारत सैनिकहरूका आमाहरूको समूहले आफ्ना छोराहरूलाई कमजोर तालिम दिइएको र पर्याप्त हतियार उपलब्ध नगराइएको गुनासो गर्दै आएका छन् । विशेष गरी कडा चिसो जाडो सुरु भएसँगै पर्याप्त लुगाबिना युद्धमा पठाइएको उनीहरुले गुनासो गर्दै आएका छन् । 


२४ फेब्रुवरीमा सुरु भएको युद्धपछि करिब १ लाख रुसी र १ लाख युक्रेनी सैनिक मारिएका वा घाइते भएका अमेरिकी वरिष्ठ जनरल मार्क मिलिले दाबी गरेका छन् । रिजर्भ सेना परिचालन गर्ने कदममा गल्ती भएको दुई महिनाअघि क्रेमलिनले स्वीकार गरेको थियो ।  

मस्को नजिकैको उनको निवासमा शुक्रबारको बैठकमा पुटिनलाई १७ आमाहरूको समूहसँग ठूलो टेबुलमा बसेका थिए । तिनीहरूमध्ये केहीले शोकको प्रतीकमा कालो हेडस्कार्फ लगाएका थिए ।

‘म तपाईंलाई यो भन्न चाहन्छु कि म व्यक्तिगत रूपमा र देशको सबै नेतृत्व यो पीडा सेयर गर्छौ’, राष्ट्रपतिले भने। उनले एउटी आमालाई उनको छोराले 'आफ्नो लक्ष्य हासिल गरेको' र 'व्यर्थमा नमेरको ' बताए । एजेन्सी
 


Author

थप समाचार
ad
x