विश्व

ट्युनिसिया : डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो

इकागज |
चैत १२, २०७९ आइतबार १९:२० बजे

फाइल फोटो

ट्युनिस - ट्युनिसियाको तटरक्षक बलले तीन वटा डुङ्गा पल्टिएपछि उपसहारा अफ्रिकी मुलुकका उद्धारकर्मीले कम्तीमा २९ आप्रवासीको मृत शरीर पानीबाट बाहिर निकालेको जनाएका छन् । 

तीन वटा छुट्टाछुट्टै घटनालाई उद्धृत गर्दै उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मध्य पूर्वी तटमा डुङ्गा डुबेपछि विभिन्न अफ्रिकी देशका ११ जना कागजातबिहीन आप्रवासीको उद्धार गरिएको छ ।


यसअघि उत्तरी ट्युनिसियाको सामुद्रिक तटमा आप्रवासी चढेको एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य ६७ जना वेपत्ता रहेको ट्युनिसियाली सामुद्रिक सुरक्षा अधिकारीले पुष्टि गरेका थिए । 

पछिल्लो दुई दिनमा महिला र बालबालिका सवार रहेका डुङ्गा दुर्घटना भएको उक्त पाँचौं घटना थियो । ट्युनिसियाको तटीय सुरक्षाकर्मीहरूले दुई दिन यता इटाली जान लागेका ५६ वटा डुंगा नियन्त्रणमा लिएको बताएका छन् । सोही क्रममा सुरक्षाकर्मीले तीन हजार भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएका छन् ।

संयुक्त राष्ट्र संघको पछिल्लो तथ्यांक अनुसार यो वर्ष मात्र १२ हजार भन्दा बढी आप्रवासी ट्युनिसियाबाट अन्यत्र गएका छन् । गत वर्षको सोही अवधिमा भने सो सङ्ख्या एक हजार ३०० मात्र रहेको थियो ।
 


Author

थप समाचार
x